• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, असार ०४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

फिस्टेल स्पोर्टस् फेस्ट’ जारी फाइनल शनिबार हुने


  •    संवाददाता/ शुक्रबार, पुष ०६, २०८०  

  • पोखरा, पुस ६

    पोखरा १७ तल्लो बिरौटा स्थित फिस्टेल एकेडेमी माविद्वारा आयोजित ‘फिस्टेल स्पोर्टस् फेस्ट’ को फाइनल शनिबार हुने भएको छ । शुक्रबार सेभेन ए साइड फुटबलतर्फका क्वाटरफाइनल तथा बास्केटबलतर्फका लिगचरणका खेलहरू सम्पन्न भए भने टेनिसतर्फ केही इभेन्टहरूको फाइनल समेत भयो ।

    शुक्रबार फुटबलतर्फ ४ खेल, बास्केटबलतर्फ ६ खेल र टेनितर्फ १५ खेलहरू सम्पन्न भएको विद्यालय सुपरीवेक्षक भीम बस्नेतले जानकारी दिए । फुटबलतर्फ भएको पहिलो खेलमा द ड्रिम स्कुललाई ३–० गोलले पराजित गर्दै शान्तिदीप स्कुलले सेमीफाइनलको यात्रा तय गरेको छ । यसै गरी दोस्रो खेलमा वेलनन एकेडेमीलाई ४–३ गोलले पछि पार्दै लिटल फ्लावर अगाडि बढेको छ । तेस्रो खेलमा बालकल्याणका विरुद्ध शान्ति निकुञ्जले १–० गोलको विजयी यात्रा ग¥यो । शुक्रबारको अन्तिम खेलमा फिस्टेल एकेडेमीलाई २–० गोल अन्तरका साथ विजय प्राप्त गरी कालिका माविले सेमीफाइनलको यात्रा तय गरेको छ ।

    शुक्रबार नै सम्पन्न बास्केटबलका लिग चरणका खेलहरूमा छात्रातर्फ एनसिसिएस काठमाडौँले मनकामना स्कुललाई ४०–१७ को स्कोरले पराजित ग¥यो भने अर्को खेलमा विन्ध्येश्वरीलाई ३५–१२ स्कोरले हरायो ।  यसैगरी फिस्टेल एकेडेमीले बालकल्याणलाई २३–१४ स्कोरले पराजित ग¥यो ।
    छात्र बास्केटबलतर्फ फिस्टेलले अल्फालाई ४५–२४ स्कोरले पराजित ग¥यो भने छात्रातर्फ एनसीसीएसले बालकल्याणलाई २९–२४ स्कोरले पराजित ग¥यो । यस्तै छात्रातर्फ नै फिस्टेल एकेडेमीले विन्ध्येश्वरीलाई ३६–१२ ले पराजित ग¥यो । शनिबार छात्रातर्फ एनसीसीएस र फिस्टेल तथा छात्रतर्फ फिस्टेल र मनकामना फाइनलमा भिड्ने छन् ।

    यसैगरी १० वर्षमुनिको छात्र टेनिसतर्फ शुक्रबार भएको पहिलो खेलमा शिशुनिकेतनका इभानले शिशुनिकेतनकै ओमयुग थापालाई ६–२, ६–१ को सोझो सेटमा हराए भने दोस्रो खेलमा फिस्टेलका आर्यशराज पौडेलले फिस्टेलकै सुभान केसीलाई ६–०, ६–० स्कोरमा पराजित गरे । यस्तै छात्रातर्फ फिस्टेलकी जीवाश्री भट्टराईले फिस्टेलकै सोनाक्षी ढुङ्गानालाई ६–०, ६–० स्कोरमा पराजित गर्दा सेन्ट मेरिजकी बनी एस मेथलागनले गुरुकुलकी जियो केसीले ६–२, ६–१ स्कोरमा पराजित गरिन् ।
    ९ वर्षमुनिको छात्र टेनिसमा शिशुनिकेतनका इभान भट्टराईले शिशुनिकेतनकै ओमयुग थापालाई ४–०, ४–२ स्कोरले आउट गर्दा फिस्टेलका जीवाश भट्टराईले भद्रकालीका सर्वज्ञलाई आउट गरे । १६ वर्षमुनिको छात्रतर्फ गण्डकीका शाश्वत बज्राचार्यले गण्डकीकै स्पन्दन उदासलाई ६–२, ६–३ स्कोरले पराजित गरे भने फिस्टेलका सृजन भट्टराईले भद्रकालीका सन्दीप बिकलाई पराजित गरे ।

    १६ वर्षमुनि छात्रातर्फ मैत्रेयकी साल्भीले मैत्रेयकै आरुषीलाई ६–३, ६–२ स्कोरले पराजित गर्दा शिशुनिकेतनकी अदितीले सेन्ट मेरिजकी सरिसा श्रेष्ठलाई ६–२, ७–५, ६–२ स्कोरले पराजित गरिन् । १२ वर्षमुनिको छात्रतर्फ स्पन्दन उदासले डोजन गुरुङमाथि बाजी मारे भने ९ वर्षमुनिको छात्रा खेलमा गुरुकुलका जिओ केसीले सेन्टमेरिजकी बनी एस मेथलागनलाई हराइन् ।

    शुक्रबार नै ९ वर्षमुनिको छात्र टेनिसको फाइनलमा फिस्टेलका जीवास भट्टराईले बाजी मार्दा शिशुनिकेतनका इभान भट्टराई दोस्रो बने । ८ वर्षमुनि छात्रतर्फको फाइनलमा पनि फिस्टेलकै जीवास भट्टराईले अनन्त पाण्डेयमाथि जित हात पारे ।
    ५ गते औपचारिक उद्घाटन भएको स्पोर्ट फेस्टमा गण्डकी प्रदेशभन्दा बाहिरबाट पनि विद्यालयहरू सहभागी भएको र यस किसिमको खेलले विद्यार्थीहरूको चौतर्फी विकासमा सहयोग पुग्ने कुरामा आफूहरू विश्वस्त रहेको विद्यालयका प्रधानाध्यापक इन्द्रप्रसाद श्रेष्ठले बताए ।

    शनिबारसम्म सञ्चालन हुने खेलकुद प्रतियोगिताबाट फुटबल तथा बास्केटबल खेलमा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः ७५ हजार, ३५ हजार र २० हजार नगद पुरस्कारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.