अजय क्षेत्री
भुकम्प पीडितको लागि तरुण दल जाजरकोटमा आज दोश्रो दिन खटिएको छ ।तरुण दलले जाजरकोटमा ३० ओटा घर को संरचना तयार पारेको छ ।भेरी नगरपालिकाको वार्ड न.१,३ र ४ मा उक्त संरचना निर्माण गरिएको तरुण दल केन्द्रिय अध्यक्ष विद्वान गुरुङले जानकारी दिएका छन ।

स्थानिय बासिन्दाको पछिल्लो शारीरिक अवस्थाको बुझ्दै चिसो मौसमले स्थानिय बासिन्दको स्वास्थ्यमा प्रतिकुल असर पर्ने हुदा आवास निर्माणको कार्यलाइ तिव्रताको साथ अघि बढाउन अध्यक्ष गुरुङले केन्द्रिय सदस्यहरुलाई निर्देशन दिनुभयो ।

भोलि देखि ३० ओटा घरमा जस्ता छाउने कार्य गरि पहिलो लटमा पुर्ण रुपले ३० ओटा घर निर्माण सम्पन्न गर्ने अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।









