पत्रकारिता वृत्ति सम्मानबाट बरिष्ठ पत्रकार डा. सुरेश आचार्य, माधव शर्मा र कृष्णप्रसाद बास्तोला सम्मानीत हुनुभएको छ । बुधबार पोखरामा नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित तथा सूर्य प्रेम बहुउद्देश्यीय समाजसेवा ट्रष्टद्वारा स्थापित ‘कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान’ अर्पण कार्यक्रमा उहाँहरु सम्मानित हुनुभएको हो ।
नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित कृति स्मृति पत्रकारिता वृत्ति सम्मान २०७७ बाट पत्रकार महासंघका पूर्वअध्यक्ष आचार्यलाई सम्मान गरिएको हो । बृत्ति सम्मान २०७८ बाट प्रेस स्वतन्त्रता सेनानी तथा कास्की शाखाका पूर्वअध्यक्ष माधव शर्मा सम्मानित हुनुभएको थियो । त्यसैगरी बृत्ति २०७९ बाट कास्की शाखाकै पूर्वअध्यक्ष कृष्ण प्रसाद बास्तोला सम्मानित हुनुभएको छ । कार्यक्रममा बोल्दै सम्मानित तीनै जनाले सम्मानले थप जिम्मेवारी बढेको बताउनुभयो ।

पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापती शेरबहादुर देउवा, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पुरस्कार दाता परिवारका तर्फबाट केसी परिवारका सदस्यहरु किरण केसी र प्रकाश केसी लगायतले ताम्रपत्र, दोषल्ला, खादा र माला लगाएर उहाँहरुलाई सम्मान गर्नुभएको थियो । उक्त अवसरमा बोल्नुहुँदै, सभापती देउवाले पत्रकारिता क्षेत्रलाई सुधारनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री सुशीला सिंखडा लगायतले सत्य, तथ्य र निश्पक्ष रुपमा पत्रकारीता गर्नुपर्ने बारे बोल्नुभएको थियो ।








