लेखनाथ, पुस ।
महोत्सव लेखनाथको संस्कृति, स्थानियउत्पादनविकास र सम्मृद्धि भन्ने मुलनाराका साथयहि पुस ५ गतेदेखी १६ गतेसम्म लेखनाथमाआयोजनाहुने १९ औं संस्करणको लेखनाथमहोत्सवको तयारी अन्तिम चरणमा आईपुगेको छ । महोत्सव सञ्चालनको मितीनजिकिंदै गर्दा यस क्षेत्रकाविभिन्नआमा÷महिला समुहहरु, विभिन्नभाषाभाषी र जातजातीहरु आफ्नो मौलीक संस्कार र संस्कृतिको प्रर्दशनको तयारीमा जुटेका छन भने साना देखी ठुला व्यवसायीहरु व्यापार व्यवसायको प्रर्वद्धन एवं उत्पादनविक्रिवितरणका लागी जुट्दैछन ।
महोत्सवको पनिमहोत्सवको रुपमाचर्चा कमाएको लेखनाथमहोत्सवआफैंमा एउटा व्राण्ड भएको संघका प्रथमउपाध्यक्षएवं महोत्सवकाप्रचार प्रसार संयोजकउपेन्द्रराज सुवेदी राजुको दावी छ । ‘‘सुन्तलाप्रर्दशनीदेखी १९ औं संस्करणको लेखनाथमहोत्सवसम्मआईपुग्दाहाम्राअग्रजव्यवसायीहरु,शुभचिन्तकहरु, विभिन्नजातजाती, भाषाभाषी, आमा÷महिला समुहहरु एवं सम्पुर्ण लेखनाथवासीहरु एकतावद्ध भएर गरेको योगदानअतुलनीय छ’’–संयोजक सुवेदीले भने ।
‘‘जब लेखनाथमहोत्सवको मिति नजिकिन्छ तब सम्पुर्ण लेखनाथवासीहरुले महोत्सवलाई एउटा पर्वको रुपमा मनाउँछन, बालकदेखी वृद्ध सबैलाई महोत्सवको रौनकले छुने गर्दछ, लेखनाथमहोत्सवमा देखीने एकता सद्भावविरलै अन्य मेलामहोत्सवहरुमा देख्न पाईन्छ, सम्पुर्णमा लेखनाथमहोत्सवहाम्रो हो भन्ने अपनत्वको भावना रहेको पाइन्छ, यसैले गर्दा लेखनाथमहोत्सवआफैंमा एउटा ब्राण्ड हो, यसको उचाईलाई कसरी कायम राखिरहने भन्नेमाहामी सबै सजग छौं’’–सुवेदीले भने ।
देशको अर्थतन्त्रशिथिलअवस्थामा रहेकाले महोत्सवगर्न चुनौतीपुर्ण रहेपनिविभिन्नव्यवसायीक प्रतिष्ठानहरु एवं व्यवसायीहरुको तर्फबाट महोत्सवलाई राम्रो साथमिलेकोले मेला सफलतापुर्वक सम्पन्नगर्न आफुहरु उत्साहित रहेको उनले वताए । महोत्सव सञ्चालनले यस क्षेत्रको आर्थिक गतिविधि वढाउने र आर्थिक चलयमानभई व्यवसायीहरुमाउत्साहथपिने आयोजकको दावी छ ।
महोत्सवमा राष्ट्रिय तथाअन्तराष्ट्रिय स्तरका लघु, घरेलु, साना–ठूला औद्योगिकतथाव्यापारिक प्रतिष्ठानहरुका वस्तु तथा सेवा, हस्तकला, यातायातका साधनहरु, कृषितथापशुजन्यवस्तुहरु, विद्यालय स्तरीय शैक्षिकएवं विज्ञान सामाग्री, सुचना र सञ्चार प्रविधिमाभएकानयाँआयामहरुको जगेर्ना, नयाँप्रतिभाको खोजीअभियान, सांस्कृतिकजगेर्ना कार्यक्रमलगायतकाथुप्रै कार्यक्रमहरु समावेश गरिएको र यसबाट स्थानीयउत्पादनको बजारीकरण, नयां प्रविधितथासिपको हस्तान्तरण, साहित्य, कला र संस्कृतिको जगेर्ना तथाआन्तरिक एवं बाह्यपर्यटक प्रवद्र्धनमा टेवापुग्ने संघका अध्यक्षएवं महोत्सवका संयोजकविनोद श्रेष्ठले जानकारी दिए ।
लेखनाथउद्योग वाणिज्य संघ र नेपालउद्योग वाणिज्य महासंघको आयोजनामाहुने १९ औं संस्करणकोमहोत्सवलाई पोखरा इको रेड ब्रिक्स प्रा.लि.ले मुख्यप्रायोजन गरेको छ भने सह–प्रायोजकमापशुपतिबिस्कुट र हेटौंडा डेरी, फुड फेस्टीभल प्रायोजकमा न्यूट्रीप्लस शुद्ध तोरीको तेल र प्रर्वद्धकमा पोखरा महानगरपालिका र नेपालपर्यटन वोर्ड रहेको महोत्सवका सह–संयोजकएवं प्रायोजकव्यवस्थापनतथाउप–समिति परिचालन समितिका संयोजक राजेन्द्र ओझाले जानकारी दिए ।








