• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १०, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

२५ औं भदौरे पञ्चासे कोदो महोत्सवको तयारी तीव्र, खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि राशि १ लाख


  •    अभियान हाम्रो / सोमबार, पुष ०२, २०८०  

  • पोखरा,  पुष

    कास्कीको अन्नपूर्ण गाउँपालिका–४ स्थित पर्यटकीय स्थल भदौरे पञ्चासेमा पुष ५ देखि ९ गतेसम्म २५ औं भदौरे पञ्चासे, कोदो महोत्सव एवम् ल्होसार मेला हुने भएको छ । पुष ५ देखि ९ गतेसम्म रजत जयन्तीको रुपमा महोत्सवको तयारी तीव्र पारिएको आज (आइतबार) पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

    भदौरे क्लब र भदौरे आमा समूहको सँयुक्त आयोजनामा पुष ५ देखि ९ गतेसम्म ल्होसार पर्वको अवसरमा २५ औै भदौरे पञ्चासे कोदो महोत्सव एव्म ल्होसार मेलाको आयोजना गरेको संयोजक विश्वदल गुरुङले बताए ।

    ‘हामीले २०५५ सालदेखि तमु ल्होसारको अवसरमा भदौरे पञ्चासे महोत्सव गर्दै आएका छौं, यस वर्ष रजत जयन्ती पनि भएकाले पुष ५ देखि ९ गतेसम्म २५ औं संस्करणको भदौरे पञ्चासे कोदो महोत्सव आयोजना गरेका छौं’, संयोजक गुरुङले भने, ‘पर्यटन प्रवद्र्धन गर्ने, खेलकुद सामाजिक र सांस्कृतिक विकास र सचेतना फैलाउन मेला आयोजना गरेका हौं ।’

    भदौरे पञ्चासे कोदो महोत्सव एवम् ल्होसार मेलामा खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता, खुल्ला नृत्य प्रतियोगिता, स्थानीय झाँकी तथा अर्गानिक कृषि प्रदर्शन, ढिडो खाने प्रतियोगिता, आमा समुहको सामुहिक नृत्य, छेला हान्ने, कुर्ची दौड, अन्धानिशान र रस्साकस्सी प्रतियोगिता आयोजना गरेको संयोजक गुरुङले बताए ।

    खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ६० हजार रुपैयाँ पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै सेमिफाइनलबाट बाहिरिने दुई समूहले नगद २०÷२० हजार पुरस्कार प्राप्त गर्नेछन् । यस्तै विधागततर्फ सर्वोकृष्ट खेलाडी उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर,उत्कृष्ट स्ट्राइकर,उत्कृष्ट मिडफिल्डर ले ट्रफी र मेडल प्राप्त गर्नेछन । खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगितामा सहभागिता हुन एक समूहलाई ५ हजार रुपैयाँ दर्ता शुल्क कायम गरेको आयोजकले जनाएको छ ।

    यस्तै खुल्ला नृत्यतर्फ प्रथम हुनेले ८ हजार, द्धितीय हुनेले ५ हजार तृतीय हुनेले ३ हजार रुपैयाँ पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
    तमु ल्होसार पर्वको अवसरमा आयोजित महोत्सवमा स्थानीय कोदो उत्पादनलाई प्रवद्र्धन गर्न कोदो महोत्सवसँगै ढिडो खाने प्रतियोगितालाई समेत समावेश गरिएको आयोजकले जनाएको छ ।

    पुष ५ देखि ९ गतेसम्म सञ्चालन हुने २५ औं संस्करणको भदौरे पञ्चासे, कोदो महोत्सव, ल्होसार मेलामा २३ लाख रुपैयाँ आम्दानी हुँदा २० लाख खर्च हुने अनुमान गरिएको क्लबका अध्यक्ष दिव्य गुरुङले बताए ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    जापानमा नेपाली विद्यार्थी विवादमा: रुममेटको तरकारी चोरेको आरोपपछि नेपाल फिर्ता पठाइँदै
    सुकुमवासी बस्तीहरू खाली गर्न निर्देशनप्रति बालेनको ‘अपरिपक्वता’ मात्र नभई जनताप्रति सिंगो रास्वपाको ‘राजनीतिक बेइमानी’ : रक्षा बम
    ताजा अपडेट
    • खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    • जापानमा नेपाली विद्यार्थी विवादमा: रुममेटको तरकारी चोरेको आरोपपछि नेपाल फिर्ता पठाइँदै
    • सुकुमवासी बस्तीहरू खाली गर्न निर्देशनप्रति बालेनको ‘अपरिपक्वता’ मात्र नभई जनताप्रति सिंगो रास्वपाको ‘राजनीतिक बेइमानी’ : रक्षा बम
    • गृहमन्त्री को राजीनामालाई भारतीय सञ्चारमाध्यमहरूले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार लाइ अर्को झट्का
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.