• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १०, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु पुरस्कृत


  •    अभियान हाम्रो/ आइतबार, पुष ०१, २०८०  

  • गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु पुरस्कृत भएका छन् ।

    नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेको चौथो अधिवेशनका अवसरमा शनिबार १६ डिसेम्बर २०२३ मा अल्डरसटमा प्रबन्ध निर्देशक तमु यस वर्षको फोनिज पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् ।

    फोटो पत्रकारसमेत रहेका तमुलाई नेपाल आदिवासी जनजाति महासंघ यूकेका अध्यक्ष कर्मा पहाडी शेर्पा र फोनिज यूकेककी अध्यक्ष गोमा रानाले प्रमाणपत्र, नगद हस्तान्तरण गरे । पुरस्कार राशि १ सय १ पाउन्ड रहेको छ । तीन दशकदेखि फोटो पत्रकारका रुपमा चिनिएका तमुले ३ वर्षदेखि आफ्नै एकल लगानीमा गोर्खा मिडिया डट कम संचालन गर्दै आएका छन् । विभिन्न सामाजिक संघसंस्थामा आबद्ध उनले यसअघि लंग सर्भिस एन्ड गुड कन्डक्ट मेडेल, कोसोभो कन्फ्लिक्ट मेडल, ब्रुनाइ सर्भिस मेडेल, सहारा युकेबाट विशेष सम्मान २०१६, हर्कबहादुर स्मृति पुरस्कार, आदर्श तमु वर्ष २०२२ प्राप्त गरिसकेका छन् ।

    गोर्खाज डटकम तथा एभरेष्ट टाइम्समा लामो समय पत्रकारितामा योगदान गरेका उनको फराकिलो परिचय छ । एभरेष्ट टाइम्समै उनको १२ वर्षसम्म फोटो पत्रकारिताको योगदान छ ।

    लामो समय ब्रिट्रिस गोर्खा सेनामा सेवा गरी निवृत्त उनी विभिन्न रचनात्मक काममा सरिक हुँदै आएका छन् । उनी यसअघि दर्जन बढी विभिन्न पुरस्कार र सम्मानबाट सम्मानित भइसकेका छन् । पोखरा नयाँबजारका उनको पुर्ख्यौली गाउँ कास्कीको रिभान हो । हाल उनी अल्डरसटमा सपरिवार बस्दै आएका छन् ।

    बुवा शिरधोज र आमा डिलकुमारीका पहिलो सन्तानको रुपमा जन्मिएका मिलन तमु १७ वर्षसम्म ब्रिटिस गोर्खामा सेवापछि निवृत्त भएका थिए । उनी गीत लेखनमा पनि सक्रिय छन् । रोधी घरको आँगन बोलको गीत (भाग १ देखि ३) स्रोता दर्शकले निकै रुचाएका थिए । उनले सफल गुरुङ फिल्म युम्पो देउराली निर्माण पनि गरेका छन् । साथै नेपालका विभिन्न ठाउँमा बाटो, मन्दिर, गुम्बा, क्होइबो निर्माणमा आर्थिक सहयोग गरेका छन् ।

    उनले अलपत्र, पीडित र सहयोग मागिरहेका व्यक्ति तथा संघसंस्थालाई सहयोग आह्वान गर्दै आफै पनि हात फैलाउँछन् । उनले आर्थिक सहयोग गरेका व्यक्ति एवं संघसंस्था सय बढी छन् । उनको पेन्सन र स्थायी जागिर छँदैछ । फोटोग्राफीको आम्दानी विभिन्न परोपकारी कार्यमा लगाउँछन्।

    यसैगरी, फोनिज युकेले यस वर्षको प्रतिष्ठित पत्रकारिता सम्मान श्रीमती विमला सेनेलाई दिएको छ । सन् १९९२ बाट ब्रिट्रिस फोर्सेस ब्रोडकाष्टिङ सर्भिस ब्रुनाईबाट रेडियो पत्रकारिता सुरु गरेकी उनले इटहरीबाट संचालित सप्तकोशी एफएममा सन् २००४ देखि निरन्तर करिब १० वर्ष रेडियो पत्रकारिता गरिन् ।

    वाणिज्यशास्त्रमा स्नातकोत्तर उनी ब्रुनाईमा रेडियो सेवा सँगै लण्डनको नेपाली टिभीमा समाचार प्रसारिकरुपमा पनि काम गरिन् । सन् २०१४ देखि गोर्खा च्यानल चलाएकी उनी तेह्रथुमको लालीगुराँसमा जन्मेकी हुन् । उनी नेपाल पत्रकार महासंघ युके शाखाको नेपालको निमित्त केन्द्रीय प्रतिनिधि/सदस्य एवं पूर्व उपाध्यक्ष हुन् ।

    फोनिजका पूर्वअध्यक्षहरु सम्मिलित छनौट समितिले प्रतिभा छनोट गरेको हो । समितिमा हालका अध्यक्ष गोमा रानासहित पूर्वअध्यक्षहरु किरण टी लिम्बु, विश्वास दीप तिगेला र प्रमिला लाबुङ थिए । गत वर्ष एभरेष्ट टाईम्स साप्ताहिकका संस्थापक हरि गुरुङलाई सम्मान र अमित थेवेलाई पुरस्कृत गरिएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    जापानमा नेपाली विद्यार्थी विवादमा: रुममेटको तरकारी चोरेको आरोपपछि नेपाल फिर्ता पठाइँदै
    सुकुमवासी बस्तीहरू खाली गर्न निर्देशनप्रति बालेनको ‘अपरिपक्वता’ मात्र नभई जनताप्रति सिंगो रास्वपाको ‘राजनीतिक बेइमानी’ : रक्षा बम
    ताजा अपडेट
    • खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    • जापानमा नेपाली विद्यार्थी विवादमा: रुममेटको तरकारी चोरेको आरोपपछि नेपाल फिर्ता पठाइँदै
    • सुकुमवासी बस्तीहरू खाली गर्न निर्देशनप्रति बालेनको ‘अपरिपक्वता’ मात्र नभई जनताप्रति सिंगो रास्वपाको ‘राजनीतिक बेइमानी’ : रक्षा बम
    • गृहमन्त्री को राजीनामालाई भारतीय सञ्चारमाध्यमहरूले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार लाइ अर्को झट्का
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.