नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास (एलपी) तथा हवाई इन्धनको मूल्य बढाएको हो। पेट्रोल, डिजेल, मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले बढाइएको छ।२ रुपैयाँ बढाएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १३० रुपैयाँ पुगेको छ। यस्तै, डिजेल र मट्टितेलको मूल्य ११३ रुपैयाँ कायम भएको छ।
यस्तै, खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढाइएको छ। अब एक सिलिण्डर ग्यासको मूल्य १४ सय ५० पर्नेछ।
निगमले हवाई इन्धनमा आन्तरिकतर्फको मूल्य पनि प्रतिलिटर २ रुपैयाँले बढाएको छ। हवाई इन्धन अन्तर्राष्ट्रिय उडानमा प्रति किलोलिटर अमेरिकी डलर १६ ले वृद्धि गरी नयाँ विक्री मूल्य अमेरिकी डलर ७७० प्रति किलोलिटर कायम गरिएको छ ।