• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १०, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

नेपाल भूतपूर्व खेलाडी मञ्चले ग¥यो आजिवन सदस्यसँग अन्तरक्रिया


  •    संवाददाता/ शुक्रबार, मङि्सर २९, २०८०  

  • पोखरा २९ मंसिर

    नेपाल भूतपूर्व खेलाडी मञ्चले आफ्ना आजिवन सदस्यहरुसँग अन्तरक्रिया गरेको छ । मञ्चले गर्दै आइरहेको गतिविधि, सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन र मृत्यु भएका सदस्यहरुको सम्झना गर्दै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

    शुक्रबार पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा सम्पन्न भएको अन्तरक्रियामा सहभागिहरुले पोखरा म्याराथनलाई थप स्तरीय बनाउनका लागि जोड दिए । सहभागिहरुले मञ्चका लागि सद्यैँ सहयोग गर्न तयार रहेको र आर्थिक, भौतिक र नैतिक रुपमा सहयोग गरिरहने प्रतिबद्धता समेत व्यक्त गरे ।
    कार्यक्रममा स्वागत गर्दै मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले आफ्नो प्रत्यक्ष खेल जिवनपश्चात रिटायर्डको समयमा अनुभव मर्न नदिनका लागि मञ्चको स्थापना भएको बताए ।

    उनले खेलकुदको विकाससँगै हाल रहेको पोखरा रंगशालालाई अतिक्रमणको चपेटाबाट बचाउने काम समेत मञ्चले नै गरेको सुनाए । आफुहरुले लामो समयदेखी के गरिरहेको छ भन्ने सबै कुराको जानकारी आजिवन सदस्यलाई गराएको हो । मञ्चले आयोजना गर्ने अन्तर्राष्ट्रिय म्याराथन प्रविधीमैत्री हुँदै जादा थप चुनौतीहरु बढेको सुनाउँदै मञ्चका लागि योगदान दिने दिवंगत भएका सदस्यहरुलाई समेत सम्झिए ।

    मञ्चका निवर्तमान अध्यक्ष तेज गुरुङले मञ्चको उदेश्य, लक्ष्य, सफल पोखरा म्याराथन र दिवंगत भएका मञ्चका सदस्यहरुको बारेमा प्रस्तुति दिएका थिए । उनले पोखरा म्याराथन नेपालकै जेठो रहेको र पछिल्लो समय एम्स र वल्र्ड म्याराथनसँग जोडिएपछि थप चर्चा पाएको बताए ।

    उनका अनुसार मञ्चमा रहेका ३२ जना सदस्यहरुको मृत्यु भइसकेको छ । मृत्यु भएकाहरुले गरेको योगदान अविस्मरणीय रहेको उनको भनाई थियो । नेपाल ओलम्पिक कमिटीका उपाध्यक्षसमेत रहेका गुरुङले म्याराथनलाई थप सुरक्षित बनाउनका लागि यो वर्ष सबै इभेन्टमा चिपको जडान गर्ने तयारी भइरहेको र म्याराथनलाई प्रविधिमैत्री बनाउनका लागि फारम दर्तादेखी धावकले प्रमाणपत्र सम्म अनलाइनमै पाउने व्यवस्थाको तयारी गरेको सुनाए ।

    पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अन्तर्राष्ट्रिय म्याराथनका लागि आफुहरुले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । पोखरा म्याराथनलाई खेलकुदको ठूलो मेलाको रुपमा मनाउनुपर्नेमा उनले जोड दिए । म्याराथनले खेलकुदमात्र नभई समग्र पोखराको पर्यटन क्षेत्रलाई समेत टेवा पुगेको उनको भनाई थियो । पोखरा महानगर म्याराथन सँग जोडिएको र यसलाई व्यवस्थित र स्तरीय बनाउनका लागि छलफल गरि अघि बढ्ने समेत सुनाए ।

    कृषि विकास बैंकका निर्देशक घनेन्द्र अधिकारीले अब सफल म्याराथनका लागि आयोजकले हरेक वर्ष सहयोग माग्नुभन्दा अलि जोड गरेर वार्षिक कार्यक्रममा पार्नका लागि पहल गर्नुपर्ने बताए । उनले कृषि विकास बैंकले सह–प्रायोजकको भूमिका निर्वाह गर्दा आगामी दिनमा मुख्य प्रायोजककै रुपमा रहन सक्ने समेत सुनाए । अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितासँग जोडिन पाउनु खुसीको कुरा रहेको र बैंकको तर्फबाट वार्षिक कार्यक्रम अन्तरगत पार्नका लागि आफुले पनि केन्द्रमा कुरा राख्ने उनको भनाई छ ।

    अन्तरक्रियामा सहभागि भएका सहारा क्लब पोखराका पुर्वअध्यक्ष विक्रम थकालीले आर्थिक रुपमा सबल हुँदै थप खर्च गरेर म्याराथनलाई स्तरीय बनाउन सुझाव दिए । उत्तम जोशीले म्याराथनलाई थप प्रभावकारी बनाउन विभिन्न सहयोगी संघ संस्था, क्लब, आमा समूहलाई समेत उचित तरिकाले समेट्नुपर्नेमा जोड दिए ।

    जगन गुरुङले मञ्चमा आबद्ध सदस्यमध्ये श्रीमानको मृत्यु भए श्रीमती र श्रीमतीको मृत्यु भए श्रीमानलाई मानार्थ सदस्य दिनका लागि पहल गर्न अनुरोध गरे ।

    मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाटले मञ्चलाई थप बलियो बनाउने काम आजिवन सदस्य र खेलाडीहरुको रहेको सुनाउँदै म्याराथनलाई सफल बनाउन सबै ठाउँबाट सहयोग गरिदिन आग्रह गरे ।

    म्याराथनका मुख्य संयोजक दिलबहादुर गुरुङले अन्तरक्रिया कार्यक्रमले २२ वर्षअघिको मञ्चको झल्को दिएको सुनाए । उनले मञ्चको स्थापनाकालदेखिका सदस्यहरुलाई समेत देख्न पाउँदा खुसी लागेको र अब मञ्चमा अग्रज खेलाडीमात्र नभई युवा खेलाडीलाई समेत समेट्न आवश्यक रहेको सुनाए ।

    सोही अवसरमा मञ्चमा नयाँ आजिवन सदस्य लिने व्यक्तिहरुलाई सदस्यताको प्रमाणपत्र समेत प्रदान गरेको छ । मञ्चले आगामी फागुन ५ गते म्याराथन आयोजना गर्दैछ । म्याराथनमा पुरुषतर्फ ४२.१९६ किलोमिटर, महिला हाफ म्याराथन (२१ किलोमिटर), १० किलोमिटर, छात्र÷छात्रा ५ किलोमिटर, ह्विलचियर, दृष्टिविहिन र रन फर फनको आयोजना गर्दै आइरहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    जापानमा नेपाली विद्यार्थी विवादमा: रुममेटको तरकारी चोरेको आरोपपछि नेपाल फिर्ता पठाइँदै
    सुकुमवासी बस्तीहरू खाली गर्न निर्देशनप्रति बालेनको ‘अपरिपक्वता’ मात्र नभई जनताप्रति सिंगो रास्वपाको ‘राजनीतिक बेइमानी’ : रक्षा बम
    ताजा अपडेट
    • खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    • जापानमा नेपाली विद्यार्थी विवादमा: रुममेटको तरकारी चोरेको आरोपपछि नेपाल फिर्ता पठाइँदै
    • सुकुमवासी बस्तीहरू खाली गर्न निर्देशनप्रति बालेनको ‘अपरिपक्वता’ मात्र नभई जनताप्रति सिंगो रास्वपाको ‘राजनीतिक बेइमानी’ : रक्षा बम
    • गृहमन्त्री को राजीनामालाई भारतीय सञ्चारमाध्यमहरूले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार लाइ अर्को झट्का
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.