• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, फागुन २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

हल्ट प्राइज पृथ्वीनारायण क्याम्पसद्वारा आयोजित पहिलो ‘इन्फो सेशन’ सफलता पूर्वक सम्पन्न

"हल्ट प्राइज पृथ्वीनारायण क्याम्पसद्वारा आयोजित पहिलो 'इन्फो सेशन' सफलता पूर्वक सम्पन्न "

  •    अभियान हाम्रो डट कम / बिहिबार, मङि्सर २८, २०८०  

  • मनिष  श्रेष्ठ

    पृथ्वीनारायण क्याम्पस

    पोखरा

    हल्ट प्राइज पृथ्वीनारायण क्याम्पस द्वारा यहि मंगलबार, मङ्सिर २६ गते ‘इन्फो सेसन’ सम्पन्न भएको छ। हल्ट प्राइज फाउन्डेसन अन्तर्गत यस संस्थाले स्नातक,स्नातकोत्तर पढ्दै गरेका विद्यार्थीहरूलाई सामाजिक उद्यमशीलतामा अधीन रहेर व्यव्सायिक विचारको प्रतियोगिता वार्षिक रूपमा गराउदै आएको छ।

    प्रतियोगिताको पहिलो चरणमा विद्यार्थीहरूले पृथ्वीनारायण क्याम्पसमै प्रतिस्पर्धा गर्नुपर्दछ भने दोस्रो र तेस्रो चरणमा सफलता पुर्वक छनोट हुने विद्यार्थी टोलिले अन्तर्राष्ट्रिय स्तरमा विभिन्न राष्ट्रका विद्यार्थीहरूसँग प्रतिस्पर्धा गर्ने अवसर पाउने छन् र चौथो चरणमा हल्ट प्राइज को फाइनल बेलायतमा हुनेछ जसमा ६ जना विद्यार्थी टोलिहरुको समुह ले भाग लिने छन् र विजेतालाई अमेरिकी $1Million को नगद पुरस्कर प्राप्त हुनेछ। हल्ट प्राइज पृथ्वी नारायण क्याम्पसमा भाग लिने विद्यार्थीहरूलाई प्रशिक्षण र तालीम पनि आफैं आयोजक समितिले गर्दै आएको छ,

    जस अन्तर्गत आयोजक समितिले यस वर्षको सुरुवात ‘इन्फो सेसन’ को आयोजनाबाट गरेको हो। कार्यक्रमको सभापतित्व हल्ट प्राइज पृथ्वीनारायण क्याम्पसको क्याम्पस डाइरेक्टर बविता तामाङद्वारा गरियो भने पृथ्वीनारायण क्याम्पसका सहायक क्याम्पस प्रमुख गजेन्द्र प्रसाद च्वाई को प्रमुख अतिथिको रूपमा कार्यक्रम सम्पन्न गरियो।

    कार्यक्रममा महिला सीप विकास संस्थाकी संस्थापक कार्यकारी अध्यक्ष रामकली खड्का, जोन्सेन ग्रुप अफ कम्पनीका कार्यकारी अध्यक्ष नूरज बटाजु, हल्ट प्राइज पृथ्वीनारायण क्याम्पसका पूर्व क्याम्पस डाइरेक्टर शाश्वत कोइराला,  हल्ट प्राइज पोखरा विश्वविद्यालयका पूर्व क्याम्पस डाइरेक्टर सुरज राज केसरी, हल्ट प्राइज नेपालका डेप्युटी कन्ट्रि कोअर्डिनेटर किशोर पनेरु र हल्ट प्राइज २०२२/२३ रिजनल सम्मिट दुबई को उप विजेता टिम अश्वथामा द्वारा प्रशिक्षण गराइएको थियो। ‘इन्फो सेसन’ मा हल्ट प्राइज, सामाजिक उद्यमशीलता, उद्यमी ज्ञान, ‘च्यालेन्ज अफ द यर-अन्लिमिटेड’ आदि विषयहरुमा एकसय पचास भन्दा बढी सहभगिहरुलाई प्रशिक्षण दिइयो । कार्यक्रममा प्रशिक्षण लिन विद्यार्थीहरू निकै उत्साहित थिए, भने कार्यक्रमको अन्त्यमा विद्यार्थीहरू सामाजिक उद्यमशीलता र हल्ट प्राइजमा जोडिन उत्प्रेरित थिए।

    कार्यक्रममा विज्ञहरूसँग प्रश्नोत्तर गर्नुका साथै रिजनल सम्मिट दुबई पुगेका पूर्व उप विजेता टिम अश्वथामाको अनुभव सुन्न र उहाँहरूसँग प्रश्नोत्तर गर्न पाउँदा विद्यार्थीहरू हल्टप्राइजको यात्रामा कसरी लाग्ने, केकस्ता समस्या आइपर्छन् भन्ने विषयमा छर्लङ्ग भएको महसुस गरेका थिए।  हल्ट प्राइज पृथ्वीनारायण क्याम्पसले  हल्ट प्राइज अन्तर्राष्ट्रिय प्रतियोगिताको अन्त्य नपुग्दासम्म यस्ता प्रशिक्षण कार्यक्रम गर्दै जाने र विद्यार्थीहरूको क्षमता अविबृदी गर्ने प्रतिबद्धता जनाएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डिजिटल कृषक कार्ड कार्यान्वयन गर्दा निम्न लाभहरू प्राप्त हुन सक्छन्
    पश्चिम एशियाको द्वन्द्वले आयात प्रभावित भएपछि खाना पकाउने एलपी ग्यास आधा सिलिन्डर मात्र बिक्री
    “छोरीलाई डाक्टर बनाउने सपना थियो, तर फर्किँदा लास भेटियो-इनिशाका बुवाको पीडा”
    ताजा अपडेट
    • डिजिटल कृषक कार्ड कार्यान्वयन गर्दा निम्न लाभहरू प्राप्त हुन सक्छन्
    • पश्चिम एशियाको द्वन्द्वले आयात प्रभावित भएपछि खाना पकाउने एलपी ग्यास आधा सिलिन्डर मात्र बिक्री
    • “छोरीलाई डाक्टर बनाउने सपना थियो, तर फर्किँदा लास भेटियो-इनिशाका बुवाको पीडा”
    • नवनिर्वाचित सांसदको तलब कति, सुविधा कस्तो?
    • दिल निशानी मगर लेख्नु हुन्छ । पूर्व माओवादीको नाममा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.