खंडहर समय
सुन्दर सपना बोकेर
कुदिरहेको छ।
मुग्लान छिर्न लागेको तन्नेरी झै
हतार हतारमा।
गाउँ घर
सुनसान छन
बिधालय,स्वास्थ्य चौकि
खंडहर छन्।
हिउँदको चिसो सिरेठोमा
बिधालय प्रांगणमा
भर्खरका नानी हरु
फलाक्दै छन्
र
सिक्दै छन्।
क बाट कछुवा
ख खरायो
गाउँ घर
कछुवा जस्तै छ।
गतिहीन छ
सिंहदरबार
अनुदान पठाउछ।
भित्रन्छ गाउँमा
कछुवा कै गतीमा
हिजो जस्तै
आजपनी
जिम्माल मुखिया
परजीवी किर्ना झै
मोटाएका छन्।
दान र अनुदान
मुट्ठीभर मुखिया
र
जिम्मालको
पोल्टामा निहित छ।
यो देशको भविस्य!
भिरमा फुलेको गुराँस झै!
आकाश को फल
आँखा तरी मर
भने जस्तै भएको छ।
भिरमा फूलेको गुराँसको थुंगा
न त सजिन सक्छ
यो रास्ट्रको शिरमा
ताज बनेर
न सजिन सक्छ
विधवाको सिउँदोमा
सिन्दुर बनेर।








