२७ मङ्सिर ,धादिङ
राष्ट्रिय फोटो पत्रकार समुह धादिङ शाखाको अध्यक्षमा पुनः मनिष दुवाडी चयन हुनुभएको छ। जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका-१ सल्यानटारमा भएको राष्ट्रिय फोटो पत्रकार समुह धादिङ जिल्ला शाखाको तेस्रो अधिबेशनले अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
कार्यसमितिको उपाध्यक्षमा अनिल नेपाली, सचीवमा शिवराज आचार्य, सह-सचीवमा सीता सापकोटा(शितल) र कोषाध्यक्षमा गजेन्द्र तामाङ चयन हुनुभएको छ। त्यस्तै सदस्यहरुमा मनिष श्रेष्ठ, बिनोद तमु, दिलिप श्रेष्ठ र प्रभु खड्का चयन हुनुभएको छ।








