• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, फागुन २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

एमालेसँग चिढिएका पहिचान समूहलाई अवरोध नगर्न एमालेकाेअपिल

"एमालेसँग चिढिएका पहिचान समूहलाई अवरोध नगर्न एमालेकाेअपिल "

  •    अभियान हाम्रो डट कम / मङ्गलबार, मङि्सर २६, २०८०  

  • दार्चुलाको झुलाघाटदेखि मध्यपहाडी लोकमार्गले छोएका जिल्ला र क्षेत्र भएर सुदूर पूर्वको चिवाभन्ज्याङसम्मको संकल्प यात्रामा रहेको नेकपा एमालेले कोशी प्रदेश प्रवेश गर्नुअघि पहिचानवादी समूहलाई अवरोध नगर्न अपिल गरेको छ । प्रदेशको नामकरणका विषयमा एमालेसँग चिढिएका पहिचान पक्षधरहरूले प्रदेशको नामकरणपछि एमालेका कार्यक्रम र नेताहरूको उपस्थितिलाई प्रतिरोध गर्दै आएका छन् भने पटक-पटक झडप र आक्रमणको प्रयासका घटनासमेत भएका छन्

    यसपटक १४ मंसिरदेखि पूर्व-पश्चिम यात्रामा रहेको एमालेले अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरुको सहभागितामा कोशीका खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर र चिवा भन्ज्याङसम्म पुगेर काठमाडौं फर्किने कार्यक्रम छ । अध्यक्ष ओलीले खोटाङको हर्कपुर, तेह्रथुमको वसन्तपुर र पाँचथरको फिदिममा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । तर पहिचानवादी समूहले एमालेको कार्यक्रमलाई अवरोध गर्ने घोषणा गरेपछि एमालेले कोशी प्रवेश गर्नुअघि नै सार्वजनिक अपिल गर्दै मुलुकको समृद्धि र विकासको उदेश्यले गरिएको संकल्प यात्रामा अवरोध नगर्न अपिल गरेको हो ।

    एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले एमालेको अभियानमा कुनै अवरोध पुर्‍याउने काम नगर्न सार्वजनिक अपिल गरेका छन् । ‘एमालेको संकल्प यात्रा घुर्मी भएर कोशी प्रदेश प्रवेश गर्दैछ। यसक्रममा केही समूहहरूद्वारा हाम्रो अभियानलाई अवरोध गर्ने गरी सडक बन्द, प्रदेश बन्दलगायतका बन्द र अवरोधका कार्यक्रमहरू सार्वजनिक गरिएको सुनिन आएको छ। त्यसका निम्ति पार्टीका तर्फबाट औपचारिक रूपमा सबै समूहहरू, पहिचानवादी समूहलगायतका सबैलाई अभियानलाई अवरोध नगर्न बन्द नगर्न, अभियानमा सहयोग पुर्‍याउनका निम्ति अपिल गर्न चाहन्छु,’ प्रचार विभाग प्रमुख गौतमले भिडियो सन्देशमार्फत भनेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डिजिटल कृषक कार्ड कार्यान्वयन गर्दा निम्न लाभहरू प्राप्त हुन सक्छन्
    पश्चिम एशियाको द्वन्द्वले आयात प्रभावित भएपछि खाना पकाउने एलपी ग्यास आधा सिलिन्डर मात्र बिक्री
    “छोरीलाई डाक्टर बनाउने सपना थियो, तर फर्किँदा लास भेटियो-इनिशाका बुवाको पीडा”
    ताजा अपडेट
    • डिजिटल कृषक कार्ड कार्यान्वयन गर्दा निम्न लाभहरू प्राप्त हुन सक्छन्
    • पश्चिम एशियाको द्वन्द्वले आयात प्रभावित भएपछि खाना पकाउने एलपी ग्यास आधा सिलिन्डर मात्र बिक्री
    • “छोरीलाई डाक्टर बनाउने सपना थियो, तर फर्किँदा लास भेटियो-इनिशाका बुवाको पीडा”
    • नवनिर्वाचित सांसदको तलब कति, सुविधा कस्तो?
    • दिल निशानी मगर लेख्नु हुन्छ । पूर्व माओवादीको नाममा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.