• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, जेठ १२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

नेकपा एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले अध्यक्ष ओली समक्ष मध्य पहाडी लोकमार्गको नक्साङ्कन बदल्न रामेछापवासीको माग

"नेकपा एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले अध्यक्ष ओली समक्ष रामेछाप । मध्य पहाडी लोकमार्गको नक्साङ्कन बदल्न रामेछापवासीको माग "

  •    अभियान हाम्रो/ मङ्गलबार, मङि्सर २६, २०८०  

  • मध्य पहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि सम्पर्क यात्राको क्रममा सोमबार बेलुका रामेछापका सदरमुकाम मन्थलीमा आयोजित कार्यक्रममा रामेछापवासीको तर्फबाट नेकपा एमाले रामेछापका अध्यक्ष एवं वाग्मती प्रदेश सभा सदस्य आनन्द श्रेष्ठ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समक्ष सो माग पेस गर्नुभएको हो ।

               मध्य पहाडी पुष्पलाल लोकमार्गको हालको नक्सा परिवर्तन गरी काभ्रे र रामेछापको सिमाना चौँरीखोला हुँदै गाल्पा भञ्ज्याङबाट सदरमुकाम मन्थली–पुष्पलालको जन्मथलो भँगेरी–साँघुटार हुँदै ओखलढुङ्गाको सदरमुकामबाट खोटाङ दिक्तेल जोड्नु पर्ने माग रामेछापवासीले राख्नु भएको छ ।

    साथै मध्य पहाडी लोकमार्गको राइट अफ वे १५ मिटर कायम गरी सडकको लागत कट्टा गर्नुपर्ने, लोकमार्ग आसपासको क्षेत्रमा कृषि, पर्यटन, उद्योग र आइटी विशेष केन्द्र निर्माण गरी रोजगार प्रवर्धनका योजना बनाउनु पर्ने माग पनि रामेछापमा बुझाइएको रामेछापका संकल्प पत्रमा उल्लेख छ ।

    त्यस्तै सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणले तल्लो तटीय क्षेत्रको खानेपानी, सिँचाइ तथा पर्यावरणीय क्षेत्रमा पार्ने असर र प्रभाव अध्ययन गरी यथोचित सम्बोधन गर्नुपर्ने माग पनि गरिएको छ ।

    जिल्लाका रणनीतिक महत्वका हरेक वडाबाट गाउँपालिकाको केन्द्र र जिल्ला सदरमुकाम तथा लोक मार्गसँग जोड्ने सडक सञ्जाललाई व्यवस्थित गर्दै क्रमशः पिच गर्न बृहत् गुरुयोजना बनाई कार्यान्वयनमा प्राविधिक सहयोग एवं पर्याप्त बजेट विनियोजनको व्यवस्था गर्नुपर्ने माग रामेछापवासीको छ ।

    जिल्ला भित्र रहेका महत्त्वपूर्ण पर्यटकीय स्थलहरू सैलुङ, गिद्धे, तामे, देउराली, जटापोखरी, सेर्दिङ, गुम्देल उमातीर्थ, थानापति, खाँडादेवी, त्रिवेणी, केवलेश्वर, विश्वामित्र गुफा, अग्लेश्वरी, सुनापति, नर्वदेश्वर लगायतका धार्मिक तथा पर्यटकीय स्थलमा पहुँच मार्ग सहित संरक्षण र प्रवर्धनको काम गरी पर्यटकीय गन्तव्य विकास गर्नुपर्ने, नेकपा एमालेको पहलमा सुरु भएका विभिन्न योजनाको काम अहिले अलपत्र परेकाले त्यसलाई उचित बजेट विनियोजन गरी सञ्चालनको पहल गर्नुपर्न, ठोसे फलाम खानी, विभिन्न ठाउँमा रहेका तामाखानी, स्लेट ढुङ्गा खानी, खरिढुंगा, चुनढुंगा लगायतका खानी र उद्योग सञ्चालन गरी देशको समृद्धिमा योगदान गर्नुपर्ने माग पनि गरिएको छ ।

    रामेछाप नगरपालिकाको भँगेरी स्थित पुष्पलालको जन्मस्थलमा निर्माणाधीन पुष्पलाल पार्क बजेट अभावका कारण निर्माणमा ढिलाइ भइरहेकोले आवश्यक बजेट विनियोजन गरी समयमै कार्य सम्पन्न गर्नुपर्ने तथा गङ्गालाल र पुष्पलालको जन्मस्थल रहेको रामेछाप नगरपालिकाको नाम उहाँहरूको नामबाट नामकरण गर्नुपर्ने माग पनि राखिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.