उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १६ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ ।
साथीको फेसबुक आइडी चलाएको विषयलाई लिएर आरोपित शिवाले मङसिर २२ गते बालिकालाई सूर्यचोक नजिक कुटपिट गरेको पीडित बालिकाका मामा पूर्ण खड्काले बताउनु भयो ।
कुटपिटबाट बालिकाको अनुहार, नाक र आँखानजिक चोट लागेको छ । मुक्काले टाउकामा हिर्काएका कारण भाञ्जीको टाउकोमा समस्या देखिएको मामाले पूर्ण खड्काले बताउनु भयो ।
घटनाका आरोपितविरूद्ध इलाका प्रहरी कार्यालय, उर्लावारीमा अभद्र व्यवहार शीर्षकमा उजुरी दिइएको पीडित पक्षले जनाएको छ ।
कुटपिटबाट घाइते बालिकाको प्राथमिक उपचार अरनिको अस्पताल, उर्लावारीमा गरिएको छ ।









