• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, असार ०४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

आफ्नै ठूलोबुवाको घरमा गोली प्रहार गरेर एक करोड रुपैयाँ माग्ने ३ जनालाई मकवानपुर प्रहरीले पक्राउ

"आफ्नै ठूलोबुवाको घरमा गोली प्रहार गरेर एक करोड रुपैयाँ माग्ने ३ जनालाई मकवानपुर प्रहरीले पक्राउ "

  •    अभियान हाम्रो/ आइतबार, मङि्सर २४, २०८०  

  • गत मंसिर १९ गते हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ का स्थानीय सूर्यप्रसाद पौडेलको घरको भित्तामा एक्कासि गोली प्रहार भएको थियो ।

      आफ्नै ठूलोबुवाको घरमा गोली प्रहार गरेर एक करोड रुपैयाँ माग्ने ३ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

    प्रहरीले रकम माग्ने योजनाकार हेटौँडा ९ का ३३ वर्षीय निश्चल पौडेलसहित ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्रीलाई सार्वजनिक गरेको हो ।

    गत मंसिर १९ गते हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ का स्थानीय सूर्यप्रसाद पौडेलको घरको भित्तामा एक्कासि गोली प्रहार भएको थियो ।

    रातको समयमा घरको भित्तामा एक्कासि गोली वर्षात गर्दै घटनाका मुख्य योजनाकार निश्चलले उनका सहोदर ठूलोबुबा सूर्यप्रसादलाई आतङ्कित बनाएका थिए ।

    गोली प्रहारपछि निश्चलले नयाँ नम्बरबाट फोन गरेर हिन्दी भाषाको प्रयोग गर्दै एक करोड रुपैयाँ माग गरेका थिए ।

    हिन्दी सिनेमामा जस्तै आवाज निकालेर उनले यो ‘ट्रेलर’ मात्र भएको भनेको समयमा रकम नदिए अर्को पटक जस्तोसुकै घटना हुने चेतावनी समेत दिएका थिए ।

    उनले मोबाइल मार्फत धम्की दिँदै ‘यो संकेत मात्र हो, दिएनौ भने जे पनि गर्छु’ भन्दै धम्कीपूर्ण भाषा प्रयोग गरेका थिए ।

    एक्कासि घरको भित्तामा गोली प्रहार र आफूसँग एक करोड नगद मागेपछि आत्तिएका सूर्यप्रसादले तुरुन्त प्रहरीलाई खबर गरे । प्रहरी पनि उक्त घटनाको सूक्ष्म अध्ययनमा लाग्यो ।

    मकवानपुरका प्रहरी प्रमुख समेत रहेका एसपी सिताराम अर्याल आफै उक्त घटनाको अनुसन्धानमा सक्रिय बने र प्रहरीले सिसिटिभी फुटेजको आधारमा सूर्यप्रसादका सहोदर भतिजो निश्चलको संलग्नता देखेपछि उनको खोजीकार्य सुरु भयो ।

    प्रहरीले हेटौँडा ९ घर भए पनि हेटौँडा ४ मा डेरागरी बस्ने निश्चल सहित संलग्न ३ जनालाई हेटौँडा १० बाट पक्राउ गर्न सफल पनि बन्यो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.