प्रायः मान्छेहरु
पुनित अवसरलाई
एकल भोग गर्ने गर्छन्!
आत्मगत खुशीमा
मनमनै रमाउने गर्छन्
मान्छेहरु सजिलो बाटो रोज्ने गर्छन्
दया देखाएर
निर्दोमाथी राज गर्ने गर्छन्!
आफ्नो साम्राज्यको
आफै मालिक बनेर
आफैबाट प्रतिपादक
बिचार,सिधाान्त लादने गर्छन्
आत्मगत अहंकारको अभिमान
मन मस्तिष्कमा बोकेर
काव्य भावको आवेगमा आएर
आफैले आफैलाई
दुनियाँ कै
सभ्य,शिष्ट र सत्यबादी
हरिश्चन्द्रको उपमा दिने गर्छन्!
सहि के हो?
सत्य के हो?
आआफ्ना धारणा बनाएका छन्!
सहि के हो
त्यो त अर्काको आँखा देख्ने गर्छ
गलत के हो ?
त्यो पनि अर्काले नै औंल्याउने छ।
मिथ्यामा
स्वार्थ छाड तिमिले आजैबाट
चैतन्य बन्धक बनाएर
ब्यार्थको घमण्ड नगर तिमिले।
दुनियाँमा धेरै मान्छे छन्
र
हरेक मान्छे भित्र
उर्जाशिल चेतना छ।
उज्यालो के हो
अध्यारो के हो
छुट्ट्याउन सक्ने सामर्थ्य छ।








