• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, जेठ २३, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बोर्डिङ्ग स्कुलमा अध्ययनरत बालिकालाई निर्घात कुटपिट गर्ने शिक्षक निरञ्जन यादवलाई प्रहरी द्वारा पक्राउ

"बोर्डिङ्ग स्कुलमा अध्ययनरत बालिकालाई निर्घात कुटपिट गर्ने शिक्षक निरञ्जन यादवलाई प्रहरी द्वारा पक्राउ "

  •    अभियान हाम्रो/ शुक्रबार, मङि्सर २२, २०८०  

  • रुपन्देही । पश्चिमनवलपरासीको एक निजी विद्यालयमा बालिकालाई कुट्ने सहायक प्राचार्य पक्राउ परेका छन् ।

    सरावल ७ बर्गदवामा रहेको बर्दघाट कालिका बोर्डिङ्ग स्कुलमा अध्ययनरत बालिकालाई निर्घात कुटपिट गर्ने शिक्षक निरञ्जन यादवलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको हो ।

    सो विद्यालयका सहायक प्रिन्सिपल यादवलाई बुधवार उनकै घरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । अभिभावकको जाहेरीको आधारमा उनलाई प्रहरीले बालबालिका सम्बन्धि कसुरमा मुद्दा दायर गरी अनुसन्धान सुरु गरेको छ ।

    बालबालिका सम्बन्धि ऐन

    बालबालिका सम्बन्धि ऐन २०७५ को दफा ७२ अनुसार यादवलाई बालबालिका सम्बन्धी कसुरमा कारवाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ । उक्त कसुरमा दोषी ठहर भएमा एक वर्षसम्म कैद र ५० हजार जरिवानाको व्यवस्था रहेको छ ।

    कक्षा एकमा अध्ययनरत ९ वर्षीय कञ्चना राजभरलाई यादवले प्लास्टिकको पाइपले पिठ्युँ, टाउको, हातमा निर्घात कुटपिट गरेको अभिभावकले जनाएका छन् । कुटपिटबाट बालिकाको शरिरमा पूरै रातो डाम बसेको छ ।

    सोमबार बालिकाको घरमा गएर पनि उनले विद्यालय किन नआएको भन्दै कुटपिट गरेका यादवले आफ्नै मोटरसाइकलमा बसाएर विद्यालय ल्याई पाइपले कोठा थुनेर कुटपिट गरेको अभिभावकले आरोप लगाएका छन् । घटनापछि सो विद्यालयमा वडाअध्यक्ष हायात खाँ धुनियाँसहित स्थानीयको टोलीले मंगलबार नै तालाबन्दी गरेपछि प्रहरीलाई थप दवाव परेको थियो ।
    नेपाल प्रेस साभार

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.