• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १०, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

२५ औं भदौरे पञ्चासे महोत्सव पुष ५ गतेदेखि हुने


  •    संवाददाता/ बुधबार, मङि्सर २०, २०८०  

  • पोखरा,मंसिर ।
    कास्कीको अन्नपूर्ण गाँउपालिकामा अवस्थित सुन्दर पर्यटकिय गाँउ भदौरेमा यहि पुष ५ देखि ९ गते सम्म ‘२५ औं भदौरे पञ्चासे महोत्सव’ हुने भएको छ । महोत्सवमा रजत जयन्ती, तमु ल्होसार, कोदोको परिकारको प्रवद्र्धन तथा फुटबल र नृत्य प्रतियोगिताका साथमा मनोरञ्जनात्मक कार्यक्रम हुनेछ ।

    भदौरे क्लब र भदौरे आमा समूहको आयोजनामा हुने महोत्सवमा विशेष सहयोगिको भुमिका अन्नपूर्ण गाउँपालिकाले निर्वाह गरेको छ । महोत्सवलाई भव्यरुपमा सम्पन्न गर्नका लागि आन्तरिक तयारी भइरहेको महोत्सव संयोजक विश्वदल गुरुङले जानकारी दिए ।

    आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न महोत्सवले ठुलो भूमिका खेलेको हुँदा यसलाई निरन्तरता दिइएको क्लबका सल्लाहकार तथा अन्नपूर्ण गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष आइन्दल गुरुङले बताए । महोत्सवमा स्थानीय स्तरमा उत्पादित कोदोबाट बनाइएको विभिन्न खानाका परिकारको स्वाद लिन समेत उनले आग्रह गरे ।

    महोत्सव अवलोकन गर्न आउने पाहुनालाई मनोरञ्जन गराउनका लागि खेलकुद तथा साँस्कृतिक कार्यक्रमका साथमा विशेष नृत्य प्रस्तुत गरिने भदौरे क्लवका अध्यक्ष अनिल गुरुङले जानकारी दिए । सुन्दर गाँउ अवलोकन गरि यसै ठाउँमा बस्न चाहनेका लागि होमस्टेको समेत व्यवस्था रहेको उनले बताए ।

    महोत्सवको साथमा भदौरेबाट पञ्चासे पर्यावरणीय पदयात्रा, होमस्टे, पञ्चासे योगा तथा मेडिटेसन, पञ्चासे ईको क्याम्प (सानो घर) आवास, पञ्चासे जंगल सफारी, फरेस्ट थेरापी तथा जंगल भ्रमणको अनुभव लिन सकिने पञ्चासे क्षेत्र विकास समितिका प्रवक्ता नबराज पौडेलले जानकारी दिए ।

    महोत्सवमा हुने ७ ए साइड फुटबल प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु १ लाखका साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने दोश्रो हुने टिमले नगद ६० हजार रुपैयाका साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै सेमिफाइनलसम्म मात्र पुग्ने टिमलाई २०–२० हजार रुपैयाँका दरले सम्मान गरिनेछ ।

    पर्यटक आवासको लागि भदौरे गाँउमा होटेल तथा होमस्टेहरु सञ्चालित रहेका छन् । अन्नपूर्ण गाउपालिका वडा नं. ४ मा रहेको भदौरे गाउँ पोखरा देखि ३० किलोमिटर पश्चिममा रहेको छ । पञ्चासेको काखमा रहेको सो गाँउ आन्तरिक र वाह्य पर्यटकको एक आकर्षक स्थल पनि हो । शितल हावापानी रहेको सो मनमोहक गाँउ प्रकृतिक सुन्दरताले भरिभराउ छ ।

    सैयौं प्रजातिका सुनाखरि पाइने प्रसिद्ध पञ्चासे संरक्षित वनको ठुलो क्षेत्र यसै गाँउमा पर्दछ । पञ्चासे पुग्ने प्रवेशद्वारको रुपमा पनि सो गाँउलाइ चिनिन्छ । मेला स्थलबाट अन्नपूर्ण हिम श्रृंखला अन्तरगत निलगिरी, धौलागिरि, माछापुच्छ्रे लगाएतका हिमालहरु प्रस्टरुपमा देख्न सकिन्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    जापानमा नेपाली विद्यार्थी विवादमा: रुममेटको तरकारी चोरेको आरोपपछि नेपाल फिर्ता पठाइँदै
    सुकुमवासी बस्तीहरू खाली गर्न निर्देशनप्रति बालेनको ‘अपरिपक्वता’ मात्र नभई जनताप्रति सिंगो रास्वपाको ‘राजनीतिक बेइमानी’ : रक्षा बम
    ताजा अपडेट
    • खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    • जापानमा नेपाली विद्यार्थी विवादमा: रुममेटको तरकारी चोरेको आरोपपछि नेपाल फिर्ता पठाइँदै
    • सुकुमवासी बस्तीहरू खाली गर्न निर्देशनप्रति बालेनको ‘अपरिपक्वता’ मात्र नभई जनताप्रति सिंगो रास्वपाको ‘राजनीतिक बेइमानी’ : रक्षा बम
    • गृहमन्त्री को राजीनामालाई भारतीय सञ्चारमाध्यमहरूले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार लाइ अर्को झट्का
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.