पोखरा ।
पोखरा उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको ‘राष्ट्रिय औद्योगिक व्यापार मेला २०८०’ को तयारी तिब्र बनाइएको छ ।
तयारी अन्तर्गत स्टल बुकिङ धमाधम भइरहेको आयोजक जिबन प्रकाश श्रेष्ठले बताए ।
मेलामा नेपालसहित बंगालदेश, श्रीलंका, पाकिस्तान, भारत लगायत देशका प्रडक्टहरु पनि बिक्री तथा प्रदर्शनीमा राखिने संघका अध्यक्ष पवन प्रजापतीले जानकारी दिए ।
देशभर सातै प्रदेशका उत्पादनका स्टल पनि मेलामा राखिने संघले जनाएको छ ।
‘बिगतका वर्षमा जस्तै मेड इन नेपाललाई प्राथमिकता दिइनेछ,’ महासचिव आचार्यले भने । अटो पेभेलियन, बाल उद्यान, औद्योगिक क्षेत्रको छुट्टै स्टल, सूचना तथा प्रविधिका स्टलहरु पनि रहने संघले जनाएको छ ।
महोत्सव आयोजना स्थलमा स्टल निर्माण कार्य सुरु भइसकेको छ ।









