• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १०, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

माधव नेपालको उमेरको कारणले अड्कियो महाधिवेशन !

"माधव नेपालको उमेरको कारणले अड्कियो महाधिवेशन ! "

  •    अभियान हाम्रो/ सोमबार, मङि्सर १८, २०८०  

  • नेकपा एकीकृत समाजवादीको महाधिवेशन निर्धारित समयमा नहुने लगभग पक्का भएको छ ।नेताहरुका अनुसार भोलि (सोमबार) बस्ने सचिवालय बैठकले महाधिवेशन सार्नेबारे निर्णय गर्ने तयारी छ ।

    पूर्वप्रधानमन्त्री एवं सम्मानित नेता झलनाथ खनालले सचिवालयमा महाधिवेशनका विषयमा छलफल हुने बताए । ‘अहिलेसम्म औपचारिक छलफलमा आइसकेको विषय होइन, राष्ट्रियसभाको निर्वाचन र जाजरकोट भूकम्पमा त्यहाँको पार्टी कमिटी खट्नुपर्ने लगायत कारणले केही समय सार्ने कि भन्ने विषय आएको छ’ नेता खनालले भने, ‘भोलि (सोमबार) बस्ने सचिवालय बैठकमा यस विषयमा छलफल हुन्छ ।’

    आगामी ११ माघमा

    आगामी ११ माघमा राष्ट्रियसभाको निर्वाचन हुँदैछ । त्यही निर्वाचनलाई लिएर आगामी १४–१८ माघका लागि तय भएको पार्टी महाधिवेशन सार्ने तयारी नेताहरुले गरेका छन् ।

    उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पनि महाधिवेशन निर्धारित समयमा हुने सम्भावना कम रहेको बताए ।

    ‘राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक भइसकेको अवस्था छ । अर्कोतिर कर्णालीमा गत महिना गएको भूकम्पमा त्यहाँको सिंगो प्रदेश कमिटी पुनर्निर्माणमा खटिएको छ’ खतिवडाले भने, ‘सचिवालय बैठकमा राष्ट्रियसभा निर्वाचन र महाधिवेशनबारे छलफल हुन्छ ।’

    शक्ति संघर्षको कोपभाजन

    महाधिवेशन सार्नुपर्ने कारणबारे नेताहरुले आवश्यक तयारी नपुगेको तर्क पनि गरेका छन् । जबकि महाधिवेशन गर्ने निर्णय एक वर्ष अगाडि भएको थियो ।

    गत वर्ष माघमा सम्पन्न पाँचौं केन्द्रीय कमिटी बैठकबाटै यो फागुनमा महाधिवेशन गर्ने निर्णय भएको थियो । त्यही निर्णयलाई टेकेर गत भदौमा बसेको बैठकले मिति र स्थानबारे निर्णय गरेको हो ।

    तर एक वर्ष अगाडि निर्णय हुँदा पनि आवश्यक तयारी नपुगेको तर्क गरिनु तर्कसंगत देखिंदैन ।

    राष्ट्रियसभाको निर्वाचन र भूकम्प प्रभावितहरुको अस्थायी पुनर्स्थापनामा खटिनुपर्ने कारण पनि चित्तबुझ्दो देखिंदैन । किनकि माघसम्म भूकम्प प्रभावितको उद्धारमा स्वयंसेवक खटिनुपर्ने अवस्था नरहन सक्छ भने राष्ट्रियसभाको चुनाव एकैदिनमा सकिने र एकीकृत समाजवादीबाट धेरै नेता अल्मलिनुपर्दैन ।

    स्रोतका अनुसार, देखाइएको यी तीन कारण नभएर महाधिवेशन सार्ने तयारीको पछाडि पार्टीभित्र चल्दै आएको माधव भर्सेस झलनाथबीचको संघर्ष मुख्य कारण हो । माधव र झलनाथबीच पार्टी गठन यता लगातार अन्तरसंघर्ष देखिंदै आएको छ ।

    पार्टीको वैचारिक कार्यक्रम, एमसीसी अनुमोदन प्रक्रिया, आमनिर्वाचनमा गठबन्धनदेखि समाजवादी मोर्चा गठनसम्म माधव र झलनाथबीच मतभेद सार्वजनिक रुपमै देखिएको थियो ।

    त्यो अन्तरसंघर्ष आगामी महाधिवेशनबाट चयन हुने नेतृत्व निर्माणमा पनि देखिन पुगेको छ । एक पदाधिकारीका अनुसार, महाधिवेशन सार्ने प्रस्ताव नेता खनालले ल्याउनुमा पनि अन्तरसंघर्ष नै कारण हो ।

    किनकि यसअघि महाधिवेशन चाँडो हुनुपर्ने पक्षमा खनालले अडान लिंदै आएका थिए । तर महाधिवेशन नजिकिंदै गर्दा पार्टीभित्र ७० वर्षे उमेर हदको विषय प्रवेश हुने संभावना बढेर गयो । ‘एमालेकै निरन्तरता हौं भनेका छौं । त्यो भनेको त ७० वर्षे उमेर हद स्वीकार्ने भन्ने पनि हो । यद्यपि विधानमा प्रष्ट लेखेका छैनौं’ एक नेताले भने, ‘कथं महाधिवेशन हलभित्र उमेर हद नहटाएको प्रस्ताव आएमा झलनाथ खनाल नेतृत्वको प्रतिस्पर्धाबाटै बाहिरिने छन् ।’

    ७३ वर्ष पुगेका खनालले पनि यही पक्षलाई ध्यान दिएर महाधिवेशनको मिति सार्ने प्रस्ताव ल्याएको हुनसक्ने ती नेता बताउँछन् । हुन पनि निर्धारित मितिमै महाधिवेशन भए अध्यक्ष नेपाललाई उमेर हदले असर गर्ने छैन ।

    किनकि २३ फागुनमा मात्रै अध्यक्ष नेपाल ७० वर्ष कट्नेछन् । १८ माघभित्रै महाधिवेशन सक्ने गरी मिति निर्धारण गर्दा यही तथ्यलाई ध्यान दिएको खनाल निकटस्थहरुको विश्लेषण छ ।

    त्यसैले फागुन कटाएर महाधिवेशन गर्दा दुवै नेताको हैसियत समान हुने बुझाइका साथ नयाँ मितिको प्रस्ताव गरिएको हुनसक्ने ती पदाधिकारीको बुझाइ छ ।

    ‘अहिलेको महाधिवेशन मिति अध्यक्षले नै प्रस्ताव गर्नुभएको हो । त्यसैले उहाँले पछाडि सार्ने वा महाधिवेशन नचाहने भन्ने होइन होला’ उनी भन्छन्, ‘यसअघि भएका कार्यविभाजन र सरकारमा गएका मन्त्रीको कार्यशैलीलाई लिएर पार्टीभित्र प्रश्न उठिरहेको छ । नेतृत्वकै कार्यशैलीमा प्रश्न उठाउने खनाल कमरेड हुनुहुन्छ । महाधिवेशनको मिति सार्ने विषयमा पनि उहाँको रुचि हुनसक्छ ।’

    उपमहासचिव गंगालाल तुलाधर भने तोकिएकै समयमा महाधिवेशन हुनुपर्ने बताउँछन् । ‘लामो छलफलपछि केन्द्रीय समितिले महाधिवेशनको मिति तोकेको छ । यसलाई कुनै कारण देखाएर पछाडि लैजानुहुँदैन’, उनी भन्छन् अनलाइन खबरले लेखेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जापानमा नेपाली विद्यार्थी विवादमा: रुममेटको तरकारी चोरेको आरोपपछि नेपाल फिर्ता पठाइँदै
    सुकुमवासी बस्तीहरू खाली गर्न निर्देशनप्रति बालेनको ‘अपरिपक्वता’ मात्र नभई जनताप्रति सिंगो रास्वपाको ‘राजनीतिक बेइमानी’ : रक्षा बम
    गृहमन्त्री को राजीनामालाई भारतीय सञ्चारमाध्यमहरूले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार लाइ अर्को झट्का
    ताजा अपडेट
    • जापानमा नेपाली विद्यार्थी विवादमा: रुममेटको तरकारी चोरेको आरोपपछि नेपाल फिर्ता पठाइँदै
    • सुकुमवासी बस्तीहरू खाली गर्न निर्देशनप्रति बालेनको ‘अपरिपक्वता’ मात्र नभई जनताप्रति सिंगो रास्वपाको ‘राजनीतिक बेइमानी’ : रक्षा बम
    • गृहमन्त्री को राजीनामालाई भारतीय सञ्चारमाध्यमहरूले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार लाइ अर्को झट्का
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • शनिबार र आइतबार अतिक्रमित सुकुम्बासी बस्ती खाली गर्नू : प्रधानमन्त्री बालेन्द्र शाह

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.