• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, फागुन २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

केपी ओली कपको उपाधि मधेश प्रदेशलाई


  •    अभियान हाम्रो / शनिबार, मङि्सर १६, २०८०  

  • आर्मीलाई हराउँदै मधेश प्रदेशले जित्यो केपी ओली कपको उपाधि पोखरा । विभागिय टोली नेपाल आर्मीलाई ११ रनले हराउँदै ‘प्रथम केपी ओली कप राष्ट्रिय टि २० क्रिकेटको उपाधि मधेश प्रदेशले जितेको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरा रंगशालामा भएको फाइनलमा खेलमा मधेशलाई जिताउन हरिशंकर शाहले महत्वपूर्ण भूमिका निर्वाह गरे । जवाफी १३६ रन पछ्याएको नेपाल आर्मी १२४ रन मात्रै बनाउन सकेको हो ।

    आर्मीलाई पराजित गर्न हरिशंकरले ४ महत्वपूर्ण विकेट हात पारे । मधेशका कप्तान समेत रहेका हरिशंकरले आफ्नो चार ओभरको वलिङमा १९ रन खर्चिएर आर्मीका ओपनर विनोद भण्डारी, वाशिर अहमद, कुशल मल्ल र राजेश पुलामीलाई आउट गरे । उनी म्यान अफ दि म्याच समेत घोषित भए । उपाधि संगै मधेश प्रदेशले नगद रु ५ लाख रुपैयाँको साथमा ट्रफी हात पारेको छ भने नेपाल आर्मीले उपविजेता हुँदै नगद रु २ लाख ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा म्यान अफ दि सिरिजको उपाधि मधेश प्रदेशका हरिशंकर शाह भए ।

    उनले नगद ३० हजार हात पारे । प्रतियोगितामा वेष्ट बलर कुल १० विकेट लिएका सन्दिप लामिछाने र वेष्ट व्याटरको उपाधि रित गौतम हुन सफल भए । उनले कुल १७० रन बनाएका थिए । उनीहरु दुवै जनाले जनही नगद २०–२० हजार प्राप्त गरे । जितका लागि १३६ रन पछ्याउने क्रममा नेपाल आर्मीका लागि ओपनर सन्तोष कार्की १३ बलको सामना गर्दै तिन चौका प्रहार गर्दै १६ रन जोडे । उनलाई प्रदिप पासवानलाई पेभिलिएन फर्काए । कप्तान विनोद भण्डारी सम्हालिएर खेल्ने प्रयास गर्दै ३० बलमा ३२ रन बनाए । उनले ५ चौका समेत हाने ।

    ५ रन बनाएका रोहित पौडेल प्रतिक यादवको बलमा आउट भए । प्रदिप पासवानको बलमा आउट भएका भिम सार्कीले २२ र बाशिर अहमदले २ रन बनाउँदा कुशल मल्ल डक आउट भए । राजेश पुलामीले ३ रन बनाए । अन्तिम विकेटका लागि सोमपाल कामी र विवेक यादवले पारी सम्हाल्ने प्रयास गरे पनि मधेशले त्यो सफल हुन दिएन । विवेकले २५ र सोमपालले १६ रनको योदान दिंदै नट आउट रहे । प्रतियोगितामा टस जितेर ओपनिङ गरेको मधेश प्रदेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतीमा १३५ रन बनाएको हो ।

    मधेशका लागि सातौं विकेटका लागि क्रिजमा छिरेका विशाल पटेलले ३२ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ४९ रनको व्यक्तिगत योगदान दिए । ओपनर तथा टिम क्प्तान हरिशंकर शाहले २१ बलमा ३ चौका र २ छक्काको मद्धतले २७ रन बनाउँदै विवेक यादवको बलमा क्याच आउट हुँदै पेभिलियन फर्किए । त्यस्तै अकौ ओपनर अनिल शाह एक छक्का प्रहार गरे पनि सोमपाल कामीको धरापमा परे । इमरान खान शाहव आलमको वलमा आउट भए । उनले ८ रनको योगदान दिंदा ३ रन बनाएका मयन यादव समेत शाहवकै बलमा बोल्ड भए ।

    ९ रन बनाएका पवन सराफ विवेक यादवको बलमा आउट भए । १४ रन जोडेका हिमासुं दत वसिर अहमदको बलमा बोल्ड हुँदा १० रनको व्यक्तिगत योगादन दिएका विशाल शुसलिङ विवेक यादवको बलमा बोल्ड हुन पुगे । रुपेश सिंह यादवकै बलमा डक आउट हुँदै पेभिलियन फर्किए । प्रदिप पासवनले ४ रन बनाए । गत मंसिर ७ गतेबाट सञ्चालन भएको प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।

    समापन कार्यक्रममा विजेता टिम तथा खेलाडीहरुलाई पूर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले नगद तथा ट्रफी वितरण गरेका थिए । समापन कार्यक्रम एकेडेमीका अध्यक्ष ध्रुव आचार्यको अध्यक्षतामा भएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डिजिटल कृषक कार्ड कार्यान्वयन गर्दा निम्न लाभहरू प्राप्त हुन सक्छन्
    पश्चिम एशियाको द्वन्द्वले आयात प्रभावित भएपछि खाना पकाउने एलपी ग्यास आधा सिलिन्डर मात्र बिक्री
    “छोरीलाई डाक्टर बनाउने सपना थियो, तर फर्किँदा लास भेटियो-इनिशाका बुवाको पीडा”
    ताजा अपडेट
    • डिजिटल कृषक कार्ड कार्यान्वयन गर्दा निम्न लाभहरू प्राप्त हुन सक्छन्
    • पश्चिम एशियाको द्वन्द्वले आयात प्रभावित भएपछि खाना पकाउने एलपी ग्यास आधा सिलिन्डर मात्र बिक्री
    • “छोरीलाई डाक्टर बनाउने सपना थियो, तर फर्किँदा लास भेटियो-इनिशाका बुवाको पीडा”
    • नवनिर्वाचित सांसदको तलब कति, सुविधा कस्तो?
    • दिल निशानी मगर लेख्नु हुन्छ । पूर्व माओवादीको नाममा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.