• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, जेठ २४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

कर्मचारीको अभावमा सेवाग्राहीहरू समस्यामा


  •     अभियान हाम्रो डट कम / शुक्रबार, मङि्सर १५, २०८०  

  • जिल्ला प्रशासन कार्यालय बारामा कर्मचारी अभावको कारणले नेपाली नागरिकता बनाउन तथा नागरिकताको प्रतिलिपी लिन आउने सेवाग्राहीहरू समयमा सेवा पाउनबाट वञ्चित भएका छन् ।

    जिल्ला प्रशासन कार्यालयमा तीन जना प्रशासकीय अधिकृत हुनुपर्नेमा विगत दुई महिनादेखि एक जना प्रशासकीय अधिकृत मात्र रहेका छन् । प्रशासकीय अधिकृत नहुँदा नेपाली नागरिकता बनाउन तथा नागरिकताको प्रतिलिपी लिन आउने सेवाग्राहीहरू घण्टौ सम्म लाइनमा उभिदा पनि काम नभई घर फर्किनु परेको प्रशासकीय अधिकृत अनिता देवी राजपल्टले बताउनु भयो । दैनिक रुपमा १ सय भन्दा बढी सेवाग्राहीहरू सेवा लिन आउने गरेको भएतापनि १५ देखि २० जना सेवाग्राहीहरूले मात्र नागरिकता बनाई खुसीका साथ घर फर्कने गरेको अधिकृत अनिता देवी राजपल्टले बताउनु भयो । बाँकी सबै निराश भएर जाने गर्दछन, उहाँले जानकारी दिनु भयो ।

    महागढीमाई नगरपालिका–१० गँजभवानीपुरका रबिस यादवले नेपाली नागरिकता बनाउनका लागि मङ्सिर १३ गते बिहान ९ बजेदेखि दिन भरि लाइनमा उभिएतापनि पालो नआएपछि नागरिकता नबनाइ घर फर्किनु परेको बताउनु भयो ।

    त्यस्तै, बिश्रामपुर गाउपालिका–४ का अनिश कुमार गुप्ताले नागरिकता बनाउन भनि एक हप्तादेखि जिल्ला प्रशासन कार्यालय धाइरहेको बताउदै अझ कति दिनसम्म धाउनु पर्ने होला भनि दुखेसो पोख्नु भयो । कर्मचारीको अभावले गर्दा विगत एक हप्तादेखि दैनिक रुपमा गाडी चढेर आउने र जाने काम मात्र भइरहेको छ तर, अहिले सम्म नागरिकता नबनेको उहाँले बताउनु भयो ।

    नागरिकताकै सिलसिलामा जिल्ला प्रशासन कार्यालय आएका कलैया उपमहानगरपालिका–२७ बारवाका नागीन्द्र सहनीले स्थानीय भएको भनि कागजात तथा प्रमाण जुटाउने क्रममा सहरजमिन गराउनका लागि वडा कार्यालयबाट ०८० असोज ०७ गते चिठ्ठी तथा सिफारिस ल्याए पनि जिल्ला प्रशासन कार्यालयमा पर्याप्त कर्मचारी नभएकोले हालसम्म सहरजमिन हुननसकेको र नागरिकता पनि नबनेको बताउनु भयो ।

    सिडिओ नवराज सापकोटाका अनुसार राजनीतिक दलका नेताहरूले यहाँ भएका अधिकृत तथा कर्मचारीहरूलाई सरुवा गराई अन्य पालिकाहरूमा पठाए पछि यहाँ कर्मचारी नभएर काममा ढिला सुस्ती भएका छन् । कोल्हबी, सिम्रौन्गढ र जितपुरसिमरा नगरपालिकाका इलाका प्रशासन कार्यालयहरूबाट नागरिकता वितरण गर्दै आइरहेकोमा यी सबै ठाँउका प्रशासकीय अधिकृत अन्य ठाँउमा सरुवा भएपछि त्यहाँका स्थानीयहरू नागरिकता प्रमाणपत्र बनाउन तथा प्रतिलिपिका लागि जिल्ला प्रशासन कार्यालय आउनु परेको बाध्यताले जिल्लामा सेवाग्राहीको चाप बढेको सिडिओ नवराज सापकोटाले बताउनु भयो । साथै, यस समस्या बारे मन्त्रालयमा खबर गरिसकेको हुँनाले चाँडै नै यो समस्या समाधान हुन्छ उहाँले जानकारी दिनु भयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.