मानव अधिकार समूहद्वारा कार्यवाहक नगरप्रमुखलाई ध्यानाकर्षण–पत्र
अभियान हाम्रो डट कम /
शुक्रबार, मङि्सर १५, २०८०
शिक्षा, स्वाथ्य, वातावरण र लैङ्गिक हिंसासम्बन्धी समस्याहरु समाधान गर्न माँग राख्दै शम्भुनाथ नगरपालिकाको मानव अधिकार समूहले ०८० मङ्सिर १३ गते शम्भुनाथ नगरपालिकाका कार्यवाहक प्रमुख अनिता कुमारी चौधरीलाई ध्यानाकर्षण–पत्र बुझाएको छ ।
ध्यानाकर्षण–पत्रमा सामुदायिक विद्यालयहरूमा शिक्षक दरबन्दी अनुसार शिक्षक व्यवस्थापन गर्नुपर्ने, सबै विद्यार्थीलाई नियमित उपस्थिती गराउनुपर्ने, विद्यालयमा नियमित अनुगमन गर्नुपर्ने, विद्यालय सफा र खानेपानी स्वच्छ हुनुपर्ने, नेपाल सरकारबाट उपलब्ध गराइने सबै प्रकारको औषधि निःशुल्क वितरण गर्नुपर्ने, वातावरण संरक्षणमा नगरपालिकाले नीति बनाएर कार्यान्वयन गर्नुपर्ने र समाजमा व्याप्त जातीय विभेद तथा छुवाछुत, लैङ्गिक हिंसालगायतका समस्यालाई समाधान गर्न नीति तथा कानुन बनाएर लागु गर्नुपर्ने ज्ञापन–पत्रमा उल्लेख छ ।
शम्भुनाथ नगरपालिकाका कार्यवाहक प्रमुख चौधरीले मानव अधिकार समूहले विगतका वर्षदेखि मानव अधिकारका क्षेत्रमा काम गर्दै आइरहेकाले मानव अधिकार समूहलाई धन्यवाद दिदै जनताको समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताउनु भयो ।