शुक्रबार (आज) ३६औँ विश्व एड्स दिवस ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने नारासहित देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।
हरेक वर्ष डिसेम्बर १ का दिन यो दिवस मनाइने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले विभिन्न कार्यक्रम गरी विश्व एड्स दिवस मनाइँदैछ ।
सन् १९८१ मा पहिलो एचआइभी सङ्क्रमित फेला परेदेखि सन् २०२२ को अन्त्य-सम्ममा ८ करोड ५६ लाख जनामा सङ्क्रमण भएको छ भने सङ्क्रमणका कारण ४ करोड ४ लाखजनाको मृत्यु भइसकेको छ ।
केन्द्रका अनुसार नेपालमा सन् २०२२ को अन्त्यसम्म ३० हजार व्यक्तिमा एचआइभी सङ्क्रमण भएको अनुमान गरिएको छ । नेपालमा हरेक दिन एकजना एचआइभीबाट सङ्क्रमित हुने गरेको पाइएको छ ।







