• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, जेठ २३, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पाँचौ युनिप्स खेल महोत्सवको पोखरा रंगालामा उद्घाटन, एथेटिक्सका खेल सुरु


  •    अभियान हाम्रो / शुक्रबार, मङि्सर १५, २०८०  

  • पोखरा/मंसिर

    पाँचौ युनिप्स खेल महोत्सव अन्तर्गत बिहिबार (आज) औपचारिक उद्घाटन गरिएको छ । संस्थागत एवं निजी विद्यालयहरुको छाता संस्था युनिप्स नेपालको आयोजनामा दुई दिन अघि बाट सुरु भएको उक्त खेल महोत्सवको पोखरा रंगशालामा एक भव्य कार्यक्रमका विच बिहिबार उद्घाटन गरिएको हो ।

    गण्डकी प्रदेश सभाका सदस्य प्रकाश बरालले पाँचौ खेल महोत्सवको शान्तीको प्रतिक परेवा उडाएर गरेका थिए । सो अवसरमा बोल्दै सांसद बरालले शिक्षाको गुणस्तर वृद्धि संगै विदेशमा हुने पलायन रोक्न सबै सरोकारवालाहरुको भूमिका महत्वपूर्ण हुने बताए । उनले भने–“हामीले शिक्षाको विकासको सवालमा आवाज उठाइरहेका छौं । तर अर्को तर्फ हजारौंको संख्यामा विद्यार्थीहरुको पलायन भइरहेको छ । हामी शिक्षाको क्षेत्रमा कार्यगर्नेहरु सचेत हुँदै यसबारे गम्भिर भएर सोच्न आवश्यक छ ।”

    उनले विद्यालयस्तरका प्रतियोगिताले खेलाडी उत्पादन संगै खेलकुदको विकासमा समेत उत्तिकै प्रभावकारी हुने भएकोले यस प्रकारका प्रतियोगिता आयोजना गर्न सबैको सहयोग समेत आवश्यक्ता रहेको कुरा औंल्याए । युनिप्स कास्कीका अध्यक्ष शान्त बहादुर गुरुङको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्याब्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेल, एनप्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी, युनिप्स कास्कीका संस्थापक अध्यक्ष ध्रुव गिरी, युनिप्सका द्वितिय उपाध्यक्ष एवं खेलकुद उपसमिति संयोजक विनोद कुमार नेपालीले आ–आफ्ना भनाई राख्दै निजी क्षेत्रले शिक्षामा गरेको योगदानलाई सबैले सकारात्मक रुपमा बुझ्नु पर्ने कुरामा जोड दिएका थिए ।

    उद्घाटन कार्यक्रममा युनिप्स कास्कीका आवद्ध विभिन्न विद्यालयका छात्र–छात्राहरुले मार्चपास गरेका थिए । उक्त मार्चपासमा स्माइल स्मल हेभेन प्रथम भएको छ भने वेलनन एकेडेमी दोश्रो, जन कल्याणकारी वोर्डिङ स्कुल तेश्रो र कालिका इङलिश वोर्डिङ स्कुलले चौथो स्थान हासिल गरेको छ । विजेता विद्यालयहरुलाई सांसद बरालले ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए । त्यस्तै बिहिबारबाट सुरु भएको एथलेटिक्सतर्फको ट्रयाक एण्ड फिल्ड छात्र ४०० मिटर दौडमा कालिकाका आकाश त्रिपाठी, गेफका दिपेश सिंह ठकुरी, होली एन्जलका रोशन वर्देवा र शिलसिलाका सुजन दाहाल क्रमश, पहिलो, दोश्रो, तेश्रो र चौथो भए ।

    त्यस्तै छात्रातर्फ ४०० मिटर दौडमा एकता आवाशियकी बबिता पौडेल प्रथम, कालिकाकी प्रतिक्षा त्रिपाठी द्वितिय, वेलननकी मिनाक्षी कुंवर तृतिय र शलिसिलाकी स्मृती ढकाल चौथो भएकी छन् । पाँचौ युनिप्स खेलकुद महोत्सव अन्तर्गत आधारभुत तह (कक्षा १–५) छात्र/छात्रा कवड्डी अन्तर्गत आज सम्पूर्ण खेलहरु सम्पन्न भएका छन् । कवड्डीमा कुल २४ टिमको सहभागिता रहेकोमा छात्रतर्फ पञ्चासे वोर्डिङ स्कुलले पिनाकल एकेडेमीलाई ४६–३५ अंकले पराजित गर्दै प्रथम भएको छ भने एकता आवाशिय तेश्रो र स्माइल स्मल हेभेन चौथो भएको छ ।

    त्यस्तै छात्रातर्फ वेलननलाई पिनाकललाई ४६–३५ को अंकमा पराजित गरि प्रथम हुँदा राइजिङ सन तेश्रो र स्माइल स्मल हेभेनले चौथो स्थानमा चित्त बुझाएको छ । फुटबल मावितहतर्फ वेलनन र एकता आवाशिय मावि फाइनलमा प्रवेश गरेका छन् । फाइनल खेल समापनका अवसरमा १६ गते हुने युनिप्स सचिवालयका संयोजक शिव सुवेदीले जानकारी दिए । प्रतियोगितामा युनिप्समा आवद्ध रहेका १८ विद्यालयका ४ हजार भन्दा बढि खेलाडीहरुले सहभागिता जनाएका छन् । सहभागि विभिन्न खेलका ६ सय खेलाडीहरुलाई पुरस्कृृत गरिने भएको प्रतियोगिता सम्पन्न गर्न करिव १२ लाख खर्च हुने आयोजकले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.