जिल्ला कारागार लमजुङमा एक वर्षदेखि चिकित्सक नहुँदा कैदीबन्दीको स्वास्थ्य चेकजाँचमा समस्या भएको छ ।
जिल्ला कारागार लमजुङका कार्यालय प्रमुख कमलपति अधिकारीका अनुसार चिकित्सक हुदाँ हप्ताको एक पटक कारागारका कैदीबन्दीहरुको नियमित रुपमा चेकजाँच गर्ने गरेता पनि हाल चिकित्सक नहुदाँ चेकजाँचमा समस्या भएको बताउनुभयोे ।
कारागारले बेसीशहर नगरपालिकासंगको अनुरोध पछि नगरपालिका स्वास्थ्य शाखाका कर्मचारीले महिनाको एकपटकमात्र चेकजाँच गर्ने गरेको बताउनुभयो । कारागार प्रशासनले नेपाल सरकारसंगको अनुरोधमा केही समय पश्चात् आदिवासी जानजाती कोटाबाट लोक सेवा पास गरेर चिकित्सक आउने बताउनुभयो ।
कारागारले कैदीबन्दीको सामान्य उपचार गर्दै आएता पनि जटिल रोगको उपचार भने व्यक्तिको परिवारद्वारा नै हुने गरेको कारागार कार्यालय प्रमुख कमलपति अधिकारीले बताउनुभयो । ६० जनाको क्षमता भएको कारागारमा हाल पुरुष तर्फ ४७ जना कैदी र ३७ जना बन्दी रहेका छन् भने महिला तर्फ पाँच जना कैदी र दुई जना बन्दी महिला रहेका छन् ।







