• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, जेठ २३, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पोखरामा नाटक ‘एक चिहान’ मञ्चन जारी


  •     अभियान हाम्रो डट कम / बुधबार, मङि्सर १३, २०८०  

  • नाटक ‘एक चिहान’ मंगलबारदेखि बुकिङ शो मार्फत पोखरामा मञ्चन हुन थालेको छ । यस अगाडि सोमबार नाटक विशेष शो मार्फत मञ्चन भएको थियो । विद्यार्थीलाई लक्षित गरेर तयार पारिएको नाटक विद्यार्थी, शिक्षक, अभिभावक, सञ्चारकर्मी र नाटकप्रेमी समेतको उपस्थितीमा विशेष शो मार्फत मञ्चन भएको थियो । नाटक हेरे पश्चात दर्शकले नाटक टीमले गरेको मेहनतको प्रंशसा गरेका थिए ।

    मंगलबारबाट पोखराका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरेर नाटक मञ्चन गर्ने क्रम सुरु भएको हो । यो क्रम आगामी पौष ६ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा निरन्तर मञ्चन हुने नाटकका निर्देशक परिवर्तनले बताए । बुकिङ शो भएपनि हेर्न इच्छुकले व्यक्तिगत रुपमा ती शो मा पुगेर नाटक हेर्न भने पाउनेछन् ।

    ‘एक चिहान’ साहित्यकार हृदय चन्द्र सिंह प्रधानले लेखेको उपन्यास हो । प्रधानको उपन्यास एक चिहान पाठ्यक्रम विकास केन्द्रद्धारा कक्षा ११ र १२ को अनिवार्य नेपालीमा समावेश गरिएको छ ।

    नेपाली गरीब किसान र मजदुरको जीवनमा आधारित नाटक एक चिहान सामाजिक यथार्थबादी नाटक हो । गरिबी, वाध्यता र विवस्ताको परिवेशमा निम्न वर्गीय जीवनका जटिलता र संघर्ष प्रस्तुत भएको नाटकमा विशेष गरि नेवारी समुदायको पारिवारिक परिवेश देखाइएको छ । नेवारी पोशाक, नेवारी लवजले नाटकलाई परिपक्क बनाउन सघाएको छ ।

    पोखरा थिएटरको प्रस्तुतीमा मञ्चन भइरहेको नाटकमा जनक पराजुली, रोशनी रामदाम, रविन्द मल्ल, उमा पुन, गोपाल भुसाल, रञ्जु दाहाल, सुसन पौडेल, मिलन श्रेष्ठ, दिप्सना विश्वकर्मा, धनकाजी श्रेष्ठ, प्रतिक घिमिरे, शुशिल बराल, रोहित पौडेल, प्रथम श्रेष्ठ, रमेशबाबु तिमल्सिना, सोनिया कार्की खत्री, अनुषा परियार लगायतको अभिनय हेर्न पाइन्छ ।

    नाटक हेर्दा दर्शकलाई कुनै समय हसाउँछ, कुनै समय गम्भिर बनाउँछ भने कुनै समय रुवाउँछ पनि ।

    उपन्यास एक चिहानलाई नाट्य रुपान्तरण तथा निर्देशन परिवर्तनले गरेका छन् । सह–निर्देशन अञ्जु दाहालले गरेको नाटकमा हरिदेवी कोइरालाको असारे गीत समेत समावेश छ ।

    शनिबार बाहेक बिहान ८ बजे, साढे १० बजे र दिउँसो साढे १२ बजे मञ्चन नाटक मञ्चन हुने पोखरा थिएटरले जनाएको छ । नाटक झण्डै १ डेढ घण्टा अवधिको रहेको छ ।

    यो नाटकप्रति विद्यार्थी, अभिभावक तथा विद्यालय परिवारको आर्कषण रहेको पोखरा थिएटरका संस्थापक सदस्य दीलप्रसाद गुरुङले बताए । चार वर्ष अगाडि पोखरा थिएटरमा नियमित सो तथा बुकिङ सो मार्फत मञ्चन गरिएको यो नाटकलाई नवलपुरमा समेत मञ्चन गरिएको थियो । यस अगाडि हेरेका दर्शकले समेत नाटकमा नयाँपन भेट्ने गुरुङको भनाई छ । हुनत पछिल्लो क्रममा विद्यार्थीलाई लक्षित गरेर पाठ्यक्रममा आधारित विषयवस्तुमा नाटक मञ्चन हुने क्रम समेत उतिकै बढेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.