• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, जेठ १९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

स्वास्थ्यकर्मीको अभावमा चौतारा कारागारका कैदीबन्दीहरूको नियमित स्वास्थ्य परीक्षणमा समस्या


  •     अभियान हाम्रो डट कम / बुधबार, मङि्सर १३, २०८०  

  • चौतारा कारागारमा एक जना स्वास्थ्यकर्मीको दरबन्दी भए पनि लामो समयदेखि रिक्त हुँदा कारागारका कैदीबन्दीहरूको स्वास्थ्यमा समस्या भएको छ । विभिन्न समयको मौसमी माहामारीको सङ्क्रमण र जेलको क्षमताभन्दा बढी कैदीबन्दी राखेर उत्पन्न समस्याले कैदीबन्दीहरूको स्वास्थ्यमा देखिएका समस्याको उपचार स्वास्थ्यकर्मीको अभावमा समयमा हुन नसकेकोे हो ।

    पटक पटकको अनुगमनपछिको सुझावबाट चौतारा कारागार भित्रका भौतिक संरचनामा केही सुधार भए पनि कैदीबन्दीहरूमा स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्यकर्मी नहुँदा समस्या भएको जेलका नाइके रोहित तामाङले बताउनु भयो ।

    रााष्ट्रिय मानव अधिकार आयोग, बागमती प्रदेश कार्यालयका प्रतिनिधि र इन्सेकले ०८० मङ्सिर १२ गते गरेको संयुक्त जेल अनुगमनको क्रममा चौतारा कारागारका कैदीबन्दीले आफूहरूको नियमित स्वास्थ्य परीक्षण नहुँदा स्वास्थ्यमा समस्या भएको बताएका हुन् ।

    कैदीबन्दी बिरामी परेमा चौतारा अस्पतालमा पुर्‍याउनु पर्ने, अस्पतालमा पालो कुरेर बस्नु पर्ने, सुरक्षाको दृष्टिकोणले एक पटकमा तीन जना मात्र अस्पताल लैजानु पर्ने जस्ता समस्याले पनि कारागार भित्रै स्वास्थ्यकर्मी हुनु पर्ने कैदीबन्दीको माग छ । रिक्त रहेको स्वास्थ्यकर्मीको माग गरेर विभिन्न मितिमा विभागमा पत्राचार भए पनि प्रक्रिया लामो भएको जिल्ला कारागार कार्यालयका गौरव श्रेष्ठले बताउनु भयो ।

    चौतारा कारागारको पुरुष बन्दी गृह ०७२ सालको भूकम्पले ध्वस्त बनाएपछि पुनःनिर्माण हुन सकेको छैन । पाँच जना महिला राख्नको लागि निर्माण भएको चौतारा कारागारमा हाल ७९ जना कैदी र ३३ जना थुनुवा गरी १ सय १२ जना कैदीबन्दी राखिएको छ । महिला थुनुवाहरू भने अन्य जिल्लाको विभिन्न कारागारमा पठाइने गरेको जेलर अनिल बुढाथेकीले बताउनु भयो ।

    आफूले जेलभित्रको चौकीदारको जिम्मेवारी लिएपछि कारागार कार्यालयको सहयोगमा दुई ओटा नुहाउने धाराको निर्माण भएको र विभिन्न शीपमूलक कार्यक्रम सञ्चालन गर्नुका साथै कैदीबन्दीहरूलाई मनोपरामर्श दिलाउने उदेश्यले दैनिक योग साधना कक्षा सञ्चालन गरेको चौकीदार भिमबहादुर बस्नेतले बताउनु भयो । जेलभित्र बसेका कैदिबन्दीहरूको नियमित स्वास्थ्य परीक्षण गराउने व्यवस्था मिलाउन कारागार प्रशासनसँग सम्पर्क र समन्वय भइरहेको छ । छिट्टै स्वास्थ्य कर्मीको व्यवस्था हुने विश्वास आफूले लिएको चौकीदार बस्नेतले बताउनु भयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.