• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, जेठ २३, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

२०८० मंसिर १२ गते मंगलबार तपाइको आजको राशिफल

"२०८० मंसिर १२ गते मंगलबार तपाइको आजको राशिफल  "

  •    अभियान हाम्रो डट कम / मङ्गलबार, मङि्सर १२, २०८०  

  • मेष- अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ। भूमि र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ होला। स्वास्थ्य कमजोर रहनाले जोश जाँगरमा कमी आउनेछ। पठनपाठनमा समय दिन नसकिएला। न्यून उपलब्धीका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला।

    वृष- विभिन्‍न उपहार प्राप्त हुने समय छ। प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिनेछ। कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिनेछ। कीर्तिमानी काम सम्पादन होला। काममा सफलता पाउन केही प्रतिस्पर्धा गर्नुपर्ने समय छ। शत्रुहरूको चलखेल बढ्नाले चुनौतीसमेत सामना गर्नुपर्ला।

    मिथुन- आज सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। कृषिकर्म र व्यावसायिक काममा फाइदै होला। आश मारेको काम बन्‍नाले उत्साह जाग्‍नेछ। सानो प्रयत्‍नले ठूलो काम सम्पादन हुनेछ। लगनशीलताले राम्रै उपलब्धी दिलाउनेछ। चिताएका काम विस्तारै भए पनि सम्पादन हुनेछन्।

    कर्कट- बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। टाढाको यात्रा हुने पनि देखिन्छ। आफन्तबाट  टाढिनुपर्ने समय छ। वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ उठाउन सकिनेछ। पढाइलेखाइमा सामान्य प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। सन्तान वा सहयोगीका माध्यमबाट काम बन्‍नेछ।

    सिंह- बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ। आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन्। श्रमको उचित मूल्य नमिल्न सक्छ। सोचेभन्दा कमै फाइदा मिल्नेछ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। व्यवसायमा आम्दानी बढ्ने देखिन्छ।

    कन्या- नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन हुनेछ। आजको लाभांश सुरक्षित वा सञ्‍चय नहुन सक्छ। सरसापटमा धन खर्च हुने समय छ। भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम शुरु गर्न सकिनेछ। आयआर्जन राम्रै हुनेछ।

    तुला- बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने देखिन्छ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। धार्मिक अनुष्‍ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन्।  आफ्नो प्रतिभाको कदर हुनेछ। बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्‍न सकिनेछ।

    वृश्‍चिक- स्वादिष्‍ट भोजनको आनन्द पाइएला। पहिलेको सफलताले थप हौसला जगाउनेछ।  व्यवसायमा  प्रशस्तै लाभ हुनेछ। भाग्योन्‍नतिको समय छ। धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिनेछ। अरूको भर पर्दा धोका हुन सक्छ। परिस्थितिअनुसार चल्न नसक्दा दुःख पाइनेछ। मान्यजनसँग असमझदारी बढ्न सक्छ।

    धनु- काममा आलश्य जाग्‍ने र खर्चको मात्रा बढ्ने देखिन्छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला। ठूलै प्रयत्‍न गर्दा सामान्य फाइदा हुनेछ। हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ। अरूको सुझावमा भर नपर्नुहोला। कसैसँग सामान्य मनमुटाव पनि पर्न सक्छ।

    मकर- अध्ययनमा प्रगति हुनेछ भने चिताएको कामसमेत सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ। आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोला। प्रतिस्पर्धामा पनि केही कमजोर सावित भइएला। महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै वेश होला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ।

    कुम्भ- सुन्दर पहिरनले व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। रमाइलो जमघटको अवसर पनि प्राप्त हुने देखिन्छ। गरेका कामबाट धेरैलाई फाइदा पुग्‍न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ। कामबाट फुर्सदिलो भइनेछ। अतिथिका रूपमा सत्कारसमेत पाइने सम्भावना छ।

    मीन- मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। नचिताएको ठाउँबाट धन आर्जन हुनाले मन हर्षित होला। आश्‍वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन्। बन्‍ने निश्‍चय भएको काम अचानक बिग्रन सक्छ। व्यापार-व्यवसायमा लाभ हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्नेछ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.