कमल गाउँपालिका-४ का ४५ वर्षीय भोलाकुमार तामाङको हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय छोरा आशिष तामाङलाई मङ्सिर ११ गते गिरफ्तार गरेको छ ।
मादक पदार्थ सेवन गरेका आरोपितले घरायसी विवादका क्रममा मङ्सिर ११ गते बिहान बाबुलाई टाउकामा दाऊ र कराई प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रप्रसाद रिजालले बताउनु भयो ।
बाबुको हत्या गरेको खबर स्थानीयले प्रहरी चौकी, केर्खालाई दिएपछि आरोपितलाई अनुसन्धानका लागि कमल गाउँपालिका-४ दूधडेरीबाट गिरफ्तार गरेको डिएसपी रिजालले बताउनु भयो ।
शव पोष्टमार्टमका लागि दमक अस्पताल, दमक लगिएको छ ।








