• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, जेठ २३, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

कुशल भुर्तेलको शतकिय पारिमा नेपाल पुलिस विजयी


  •     अभियान हाम्रो डट कम / सोमबार, मङि्सर ११, २०८०  

  • राष्ट्रिय क्रिकेट टोलीका टिम कप्तान समेत रहेका कुशल भुर्तेलको शतकिय पारिमा नेपाल पुलिस क्लव पोखरामा जारी ‘प्रथम केपी ओली कप राष्ट्रिय टि २० क्रिकेट प्रतियोगिता’मा शानदार विजयी सुरुवात गरेको छ ।

    मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा समुह सि अन्तर्गत आइतबार भएको खेलमा विभागिय टोली नेपाल पुलिस क्लवले मधेश प्रदेश विरुद्ध ५७ रनले जित हासिल गरेको हो । कुशलले ५६ बलमा सात छक्का र आठ चौकाको मद्धतले १०२ रन बनाए । उनी जारी प्रतियोगितामा शतक प्रहार गर्ने पहिलो खेलाडी समेत हुन् । कुशलले २६ बलमा ५० रन पुरा गरेका थिए भने । उनको विष्फोटक पारीलाई मधेश प्रदेशका विशाल शुसलिङले ब्रेक गरेका थिए ।

    टस जितेर पारीको सुरुवात गरेको पुलिसले २० ओभरमा ५ विकेट गुमाउँदै १७५ रन जोड्न सफल भयो । खेलमा पुलिसका लागि कुशल संगै पारिको सुरुवात गरेका सुनिल धमलाले सुष्त गतिमा खेल्दै ४७ बल खेल्दै व्यक्तिगत ४५ रनको योगदान दिए । खेलमा ५ वल फेस गरेका करन केसीले २ छक्का र एक चौका प्रहार गर्दै १६ रन जोडे । तर अन्य खेलाडीले भने दोहोरो अंक छुन सकेनन् । आरिफ शेख ६ रन बनाउँदै पेभिलियन फर्किदा राशिद खानले ३ रन बनाए ।

    मधेश प्रदेशका लागि विशाल शुसलिङले २, विशाल पटेलले २ र रुपेश शिंहले १ विकेट हात पारे ।

    यता जवाफी व्याटिङमा उत्रिएको मधेश प्रदेश भने १८.२ ओभरमा ११८ रनमा नै समेटियो । मधेशले १३ रन एक्स्ट्राको रुपमा पाएको थियो । मधेशका व्याटरहरु पुलिसका घातक बलर सामु खुलेर खेल्न सकेनन् । रुपेश सिंहले २५ बलमा ३ चौका र ३ छक्का प्रहार गदै सर्वाधिक ४० रन बनाए । इमरान शेखले २२ रन, रोहन विक र राकेश कमातले समान १०–१० रन जोडे ।

    पुलिसका लागि करन केसीले आफ्नो ३ ओभरको स्पेलमा १७ रन दिंदै २ विकेट हात पारे । सागर ढकाल, राशिद खान र ललित राजवंशीले समेत समान २–२ विकेट लिए । कुशल भुर्तेल र सुनिल धमलाले १–१ विकेट हात पारे ।

    पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगितामा ७ प्रदेशका ७ टिम, विभागीय टिमहरु नेपाल पुलिस, नेपाल आर्मी, एपिएफ तथा आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीको २ गरी १२ टिमको सहभागिता रहेको छ ।

    प्रतियोगितामा उपाधि विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट बलरले नगद २० हजार र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

    प्रतियोगिता अन्तर्गत सोमबार सुदुर पश्चिम प्रदेश विरुद्ध नेपाल पुलिस र दोश्रो खेल कोशी प्रदेश र त्रिभवन आर्मी क्लवका विच हुने प्राविधिक संयोजक शक्ति गौचनले जानकारी दिएका छन् ।

    एपिएफ अन्तिम चारमा, गण्डकी पराजित

    पोखरामा जारी केपी ओली कप राष्ट्रिय टि २० क्रिकेट प्रतियोगितामा गण्डकी लुम्बिनी संग पराजित हुँदा शसस्त्र प्रहरीको एपिएफ क्लब सेमीफाइनलमा स्थान पक्का गरेको छ ।

    गण्डकी र एपिएफका लागि उत्तिकै महत्वपूर्ण मानिएको आजको खेलमा गण्डकी पराजित हुँदै खेलबाट बाहिरिएको छ भने एपिएफ रनरेटका आधारमा सेमीफाइनलमा स्थान पक्का गरेको छ । गण्डकी विरुद्ध खेल जिते पनि लुम्विनी अन्तिमचार बाट बाहिरन पुगेको छ ।

    पोखरामा आइतबार भएको खेलमा गण्डकी लुम्बिनी संग ५ रनले् हार व्यहोरेको हो । घरेलु मैदानमा १०४ रनको विजयी लक्ष्य पछ्याएको गण्डकी १८.५ ओभरमा ९८ रनमा नै समेटिएको थियो ।

    लक्ष्य पछ्याउने क्रममा गण्डकीका सुदिप अर्यालले २४ बलमा ४ चौका र दुई छक्का प्रहार गर्दै ३५ रनको यागदान दिए पनि उनले टिमलाई जिताउन सकेनन् । १८ औं ओभरको अन्तिम बलमा छक्का प्रहार गर्ने क्रममा उनी लङ अफमा मोहमद हुसेनको बलमा ध्रुव सुनारको हातबाट क्याच आउट हुने पुगे । गण्डकीका लागि अमृत गुरुङले १९, कप्तान विपिन खत्रीले १९, दिनेश बुढामगरले १३, र कमल परियारले ११ रन बाहेक अन्य खेलाडी क्रिजमा जम्न सकेनन् ।

    लुम्विनीका लागि मोहमद हुसेनले ३ं.५ ओभरमा ९ रन दिएर ४ विकेट हात पारे ।

    यस अघि टस हारेर पारीको सुरुवात गरेको लुम्विनीले पुरै २० ओभर खेल्दै ८ विकेटको क्षतीमा १०३ रन बनायो । टिमका लागि नर कार्की र धु्रव सुनारले समान २३–२३ रनको योगदान दिंदा, विराट भण्डारीले १६ र मिर्नाल गुरुङले ११ रन जोडे ।

    वलिङतर्फ गण्डकीका अमृत गुरुङले ३ विकेट हात पार्दा चन्द्र पौडेलले २ विकेट लिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.