• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, बैशाख ०८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

सदरमुकाम सिमकोटमा रहेको जिल्ला अस्पतालमा चिकित्सकको अभाव


  •     अभियान हाम्रो डट कम / आइतबार, मङि्सर १०, २०८०  

  • जिल्ला अस्पतालमा एक सातादेखि चिकित्सकको अभाव देखिएको छ । सदरमुकाम सिमकोटमा रहेको जिल्ला अस्पतालमा चिकित्सकको अभाव देखिएको हो । दसैँ र तिहारका लागि घर विदा गएका चिकित्सकहरू विदा सकिएको  नौ दिन वितिसक्दा पनि जिल्लामा नफर्केपछि अस्पतालमा उपचारका लागि आउने बिरामी मर्कामा परेका हुन् ।

    दैनिक दिन जिल्ला अस्पतालमा पुगेका सेवाग्राहीले चिकित्सक अभावका कारण सेवा प्रवाहमा समस्या भोगेको गुनासो गरेका थिए । खुट्टा फ्याक्चर भएर मङ्सिर ८ गते जिल्ला अस्पतालमा पुगे पनि दुई घण्टा कुर्दा पनि चिकित्सक नआएपछि रित्तै फर्कनु परेको सेवाग्राही नरजन तामाङले गुनासो गर्नुभयो ।

    उहाँका अनुसार जिल्ला अस्पतालमा हाल एक जना मात्रै चिकित्सक रहेकोले सेवाग्राहीको उपचार गर्न नसक्नुका साथै बिरामीको चेकजाँच गरेको रिर्पोट समेत हेर्न नसकेको हो । त्यस्तै सोही दिन खार्पुनाथ गाउँपालिका–४ की ३५ वर्षीया विमा शाहीको घरको छतबाट लडेर दाँत र मुखमा चोट लागेर गम्भिर घाइते भएर जिल्ला अस्पतालमा पुगाए पनि जिल्ला अस्पतालमा चिकित्सक अभावमा जिल्ला बाहिर प्रादेशिक अस्पताल सुर्खेतमा रेफर गरिएको घाइतेका पती चन्द्र शाहीले गुनासो गर्नुभयो ।

    यस अघि सो अस्पतालमा दरबन्दी अनुसारको पद पुर्ति नभएपनि सात जना चिकित्सकहरूले सेवा दिंदै आएका थिए । यो समय जिल्ला अस्पतालमा सयौँ बिरामी आउने गरेको भए पनि चिकित्सक अभावकै कारण रित्तो हातमा घर फर्कनु परेको सेवाग्राहीले गुनासो गरेका छन् । एक्सरे, भिडियो एक्सरे, दिसा पिसा र ब्लड लगायतको रिपोर्ट देखाउनु पर्दा घण्टौँ कुनु पर्ने बाध्यता छ ।

    त्यसै गरी, जिल्ला अस्पतालमा यो समय चिकित्सक मात्रै नभइ अन्य स्वास्थ्यकर्मीको पनि अभाव देखिएको छ । सो विषयमा जिल्ला अस्पतालका निमित्त कार्यालय प्रमुख गिता लामालाई बुझ्दा दसैँ र तिहारका लागि गएका चिकित्सकहरूले नेपालगन्जमा हवाई टिकट नपाएका कारण समस्या भएको उहाँले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    विवाह कार्यक्रमममा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ
    आज २०८३ साल वैशाख ८ गते मंगलबारको तपाइको आजको राशिफल
    ताजा अपडेट
    • सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    • विवाह कार्यक्रमममा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ
    • आज २०८३ साल वैशाख ८ गते मंगलबारको तपाइको आजको राशिफल
    • आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    • कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.