पोखरा नागढुंगामा रहेकाे युनिक होटलमा वर्ष ३८ की सुकु बि.क. मृत अवस्थामा भेटिएकी छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले बताए अनुसार मृत्यु हुने महिला तनहुँ जिल्लाको भिमाद नगरपालिका घर भएकी वर्ष ३८ की सुकु बि.क. हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवण कुमार बि.क.ले जनाए । हिजो मंगलबार उनी सो होटलमा बास बस्नको लागि पुगेकी थिइन् ।
प्रारम्भिक अनुसन्धानका क्रममा केही व्यक्तिलाई पक्राउ गरेको प्रहरी थप अनुसन्धान गरिरहेको सूचना अधिकारी बि.क.ले बताए । घटना शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धानलाई तिव्रता दिएको छ । होटल सञ्चालकले कोठामा अचेत अवस्थामा देखेपछि उपचारको लागि चरक मेमोरियल अस्पतालमा लगिएकोमा अस्पतालले मृत घोषणा गरेकाे प्रहरीको भनाई छ ।








