• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, जेठ २४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

समाजसेवी दुर्गा गुरुङ “मिलन”को जन्मदिनमा फोनिज गण्डकीलाई २ लाखको अक्षयकोष सहयोग


  •    संवाददाता/ मङ्गलबार, मङि्सर ०५, २०८०  

  • कुश्मा,मंसिर

    पर्वतको मोदी गाउँपालिका–५ बाजुङमा जन्मिएर हाल हङकङमा बस्दै आएका समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ ले ६ लाख रुपैयाँ राशिका पाँच वटा अक्षयकोष स्थापना गर्नुभएको छ ।
    जन्मदिन बाहेकको समयमा पनि केही न केही सामाजिक सेवा गर्दै आएका उहाँले आफ्नो हरेक जन्मदिनमा नबिराई केही न केही सामाजिक काम गर्दै आउनुभएको छ । यस पटकको ५७ औँ जन्मोत्सवमा भने उहाँले एकै दिनमा हालसम्मकै ठूलो धनराशि सामाजिक सेवाका लागि खर्चिनुभएको हो ।

    मोदी गाउँपालिका–५, मोदीखेतस्थित लालटिन रिसोर्टमा शनिबार उहाँ संस्थापक संरक्षक रहेको संस्था मिलन फाउण्डेशन नेपालको तर्फबाट आयोजना गरिएको एक कार्यक्रममा अक्षयकोषसहित आर्थिक सहयोग गरिएको हो । समाजसेवी गुरुङ हाल हङकङमा नै रहेको भएपनि उहाँ संरक्षक रहेको संस्थाले उहाँबाट प्राप्त भएको रकमबाट ती अक्षयकोष स्थापना गरेको हो । समाजसेवी गुरुङको सक्रियतामा कृषकहरूको समूहदेखि नौमती बाजाको संरक्षणको लागि पनि समूह निर्माण गरिएका छन् ।

    फाउण्डेशनसहित अहिलेसम्म १८ वटा संस्थाहरू स्थापना भइसकेका फाउण्डेशनकी कार्यवाहक अध्यक्ष देवी गुरुङले बताउनुभयो । ती सबै संस्थाहरूलाई नियमन र सञ्चालन गर्ने गरी ‘मिलन ग्रुप अफ नेपाल’ नामक संस्था स्थापना गरिएको छ । सोही संस्थामा आबद्ध रहेका संस्थाहरूमध्ये सबैभन्दा बढी सक्रिय रहँदै आम नागरिकको जनजीविका चलाउन सहयोगी भूमिका निर्माण गरेका पाँच वटा संस्थाहरूमा अक्षयकोषको स्थापना गरिएको उहाँको भनाइ छ ।

    शनिबार आयोजित कार्यक्रममा मोदी गाउँपालिका–५ बाजुङका मिलन–शील दलित कृषक समूह, मिलन बहुउद्देश्यीय महिला कृषक समूह, मिलन प्रगतिशील महिला कृषक समूह र पातीचौरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा एक÷एक लाख रुपैयाँ मूल राशि रहेको अक्षयकोष स्थापना गरिएको छ ।

    उक्त रकम ती संस्थाका प्रमुख तथा प्रतिनिधिहरूलाई अक्षयकोषको कार्यविधिसहित हस्तान्तरण गरिएको छ । यस्तै, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज), गण्डकी प्रदेशका लागि दुई लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ । उक्त रकम अध्यक्ष रूद्रबहादुरश्रीस र उपाध्यक्ष खिमा गुरुङलाई हस्तान्तरण गरिएको छ । रकम ग्रहण गर्दै अध्यक्ष श्रीसले अक्षयकोषको ब्याजबाट आउने रकमले हरेक वर्ष एक जना पत्रकारलाई नगदसहित सम्मान गरिने बताउनुभयो ।

    गुरुङले आर्थिक सहयोग अन्तरगत विगतको सहयोगलाई निरन्तरता दिँदै सडक बालबालिकाहरूको पालनपोषण तथा संरक्षणमा काम गर्दै आइरहेको काठमाण्डौंको महिला तथा बाल विकास मञ्चलाई ५० हजार रुपैयाँ उपलब्ध गराउनुभएको छ । यस्तै, यस वर्षको तिहारमा पोखरामा मौलिक र सांस्कृतिक देउसी भैलो प्रदर्शन गरेको युवाहरूको समूहलाई २० हजार रुपैयाँ सहयोग गरिएको छ ।

    कार्यक्रममा बोल्दै मोदी गाउँपालिकाकी अध्यक्ष हिरादेवी शर्माले आफू र आफ्नो परिवारको लागि मात्रै काम गर्ने व्यक्तिहरू धेरै भए पनि आफ्नो खर्च कटौती गरेर समाजको लागि योगदान गर्ने व्यक्तिहरू बिरलै पाइने बताउनुभयो । गाउँपालिकाले गर्नुपर्ने जस्तै कामहरू एक्लो व्यक्तिले गरिरहेको देखेर आफूहरू पनि खुसी भएको बताउँदै उहाँले ‘मिलन ग्रुप अफ नेपाल’ मा आबद्ध रहेका संस्थाहरूले कृषि फार्मदेखि कृषि सहकारी सञ्चालन गरेर जीविकोपार्जनमा पु¥याएको योगदानमा आफूहरू पनि सहकार्य गर्न तयार रहेको उल्लेख गर्नुभयो ।

    मिलन फाउण्डेशन नेपालकी कार्यवाहक अध्यक्ष देवी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा मोदी गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष मनबहादुर अधिकारी, वडा नं. ६ का वडाध्यक्ष दीपेन्द्रजंग लामिछाने, भूमि आयोग, पर्वतका सदस्य मनबहादुर पौडेल, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशका अध्यक्ष एवं मिलन फाउण्डेशन नेपालका सल्लाहकार रूद्रबहादुर श्रीस, फोनिज, गण्डकीका उपाध्यक्ष एवं गोर्खाली रेडियोकी स्टेशन म्यानेजर खिमा गुरुङ, मिलनशील दलित कृषक समूहका अध्यक्ष ताराबहादुर दर्जीलगायतले समाजसेवी दुर्गा गुरुङ “मिलन”को व्यक्तित्व र सामाजिक योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।

    सो अवसरमा मिलन ग्रुप अफ नेपालका महासचिव सागर पौडेल र मिलन फाउण्डेशन नेपालका सचिव अमरबहादुर अधिकारीले कार्यक्रमको बारेमा बोल्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.