• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, जेठ २४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पोखराको पर्यटन विकासमा प्राविधिक परामर्श सेवा सम्बन्धी समझदारी


  •    संवाददाता/ शुक्रबार, कार्तिक २४, २०८०  

  • पोखरा महानगरपालिका र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) बिच कृषि, पर्यटन र आइटी क्षेत्रको विकासलाई प्रोत्साहन गर्न प्राविधिक परामर्श सेवा सम्बन्धी समझदारी भएको छ । समझदारी पत्रमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र (यूएसएआईडी) को तर्फबाट परियोजना प्रमुख एगनेस लुजले बिहीबार हस्ताक्षर गर्नुभएको हो ।

    समझदारी अनुसार पोखरालाई पर्यटकीय हबका रूपमा विकास गर्न सहयोग पु¥याउने उद्देश्यले युएसएआइडी टी एन्ड सिले २ वर्षसम्म प्राविधिक परामर्श सेवा प्रदान गर्नेछ । आगामी नोभेम्बर १, २०२३ देखि डिसेम्बर ३०, २०२५ सम्म प्राविधिक परामर्श सेवा प्रदान गर्नेगरि समझदारी भएको हो । यस अवधिमा पर्यटन क्षेत्रमा सार्वजनिक लगानी वृद्धिका लागि आवश्यक कार्य योजना सहित खाका तयार गर्न अल्पकालीन तथा दीर्घकालीन प्राविधिक सहयोगको साझेदारी गरिनेछ ।

    पोखराको पर्यटन विकासका लागि पर्यटन व्यवसाय र पर्यटन व्यवसायीले सामना गरिरहेका चुनौती र समस्यालाई सम्बोधन गर्न पोखरा महानगरपालिकालाई आवश्यक प्राविधिक तथा परामर्शात्मक सहयोग समेत युएसएआइडी टी एन्ड सिले प्रदान गर्नेछ । समझदारी अनुसार पर्यटन विकासमा आवश्यक प्रशिक्षण, लगानी फोरमहरू, बजारीकरण र प्रचारप्रसारका कार्यक्रमहरू पनि गरिनेछन् । यसको कार्यान्वयन भने सहरी योजना आयोगको सहजिकरणमा हुनेछ ।

    पोखरा महानगरपालिकाले साझेदारबाट प्राप्त प्राविधिक परामर्शको कार्यान्वयन भने महानगरपालिकाको आवश्यकता अनुसार गरिने नगर प्रमुख धनराज आचार्यले बताउनुभयो । पोखरालाई पर्यटन राजधानी घोषणा गर्ने अन्तिम तयारीमा रहेको बताउँदै उहाँले पर्यटन पूर्वाधार तथा पोखराको पर्यटनमैत्री विकासका सन्दर्भमा प्राप्त सुझावहरूको कार्यान्वयन उपयुक्तताको आधारमा गरिने बताउनुभयो । समझदारी अनुसार गुणस्तरीय पर्यटन विकासमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ ।

    कार्यक्रममा पोखरा महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा, सहरी योजना आयोगका उपाध्यक्ष प्रेमलाल लामिछाने, सदस्यहरू होमनाथ गैरे र सुरेन्द्रबाबु तिवारी, मन्दिरा पराजुली लगायतको उपस्थिति रहेको थियो ।

    यूएसएआईडीले आफ्नै खर्चमा सञ्चालन गर्ने यस परियोजनाले उच्च गुणस्तर र मूल्यको निर्यातमा विविधीकरण, दिगो रोजगारी वृद्धि र अधिक स्थायित्व तथा दिगो निर्माणमा सहयोग गर्दै आइरहेको छ । साथै यसले हरित वृद्धि वित्त पोषण, जलवायु वित्त पोषण र स्वदेशी तथा घरेलु लगानी लगायत वित्त पोषण र लगानीका नयाँ स्रोतहरू जुटाउने गरेको छ ।

     

    प्रतिकृया दिनुहोस
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.