• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, बैशाख ०९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

सेवा लिन जाँदा प्रहरी कार्यालयभित्रै इन्स्पेक्टरले कुटपिट गरेको अधिकारीको आरोप


  •    अभियान हाम्रो डट कम / मङ्गलबार, कार्तिक २१, २०८०  

  • टोखा नगरपालिका-३, धनेश्वर बस्दै आउनुभएका ४४ वर्षीय कर्ण बहादुर अधिकारीले प्रहरी कार्यालयमा परेको उजुरीका विषयमा छलफल गर्न जाँदा आफूमाथि महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका इन्स्पेक्टर दिनेश गुरुङले कात्तिक १६ गते यातना दिँदै निर्घात कुटपिट गरेको आरोप लगाउनुभएको छ । इन्स्पेक्टर गुरुङको कुटपिटबाट अधिकारीको दुवै खुट्टाको पिँडौलामा निलडाम रहेको छ ।

    पीडित अधिकारीका अनुसार प्रहरी कार्यालयमा नै कुटपिटपछि ज्वरो आउने र निरन्तर बान्ता आउने भएपछि बसुन्धारामा रहेकोविपी स्मृति अस्पतालमा गएर कात्तिक १८ गते उपचार गर्नुभयो ।

    घटनाबारे इन्सेकलाई बताउँदै अधिकारीले आफ्ना छिमेकी मुकुन्द थपलियाले पैसा लगेर फिर्ता नदिएको र उल्टै आफूहरूमाथि उजुरी हालेको विषयमा विवाद भएपछि छलफल गर्न जाँदा आफूमाथि इन्स्पेक्टर गुरुङले प्लास्टिकको पाइपले निलडाम हुने गरी कुटपिट गरेको बताउनु भयो ।

    अधिकारीका अनुसार आफ्ना छिमेकी समेत रहेका टोखा नगरपालिका-३, धनेश्वर बस्दै आएका मुकुन्द थपलियाले सापटी पैसा लागेको र उल्टै आफ्नो पैसा माग्न जाँदा आफ्नी पत्नी सुभद्रा अधिकारीसँग बादविवाद भएपछि सुरक्षा माग गर्दै महानगरीय प्रहरी प्रभाग, नयाँ बसपार्कमा उजुरी दिनुभएको थियो । सोही उजुरीका सम्बन्धमा कात्तिक १६ गते दुवै पक्षलाई प्रहरीले छलफल गर्न बोलाए पनि उजुरीकर्ता थपलिया आफ्नै नयाँ बसपार्कस्थित प्रहरी प्रभागमा नआएपछि आफूले फोनबाट उजुरी हालेर आफै छलफलमा नआउने नभनेर थपलियालाई गाली गरेपछि इन्स्पेक्टर गुरुङले आफूलाई नियन्त्रणमा लिएर कुटपिट गरेको अधिकारीले उल्लेख गर्नुभयो ।

    प्रहरी कार्यालयमा नै कुटिएपछि पीडित अधिकारीले कात्तिक १६ गते नै जिल्ला प्रहरी परिसर, टेकुमा आफूमाथि कुटपिट गर्ने इन्स्पेक्टर दिनेश गुरुङमाथि कारबाहीको माग गर्दै उजुरी दिनुभएको थियो ।

    उजुरीबारे इन्सेकलाई जानकारी दिँदै जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले अधिकारीले दिएको उजुरीमाथि आन्तरिक छानबिन भइरहेको र दोषी देखिएको खण्डमा इन्स्पेक्टर गुरुङमाथि विभागीय कारबाही हुने बताउनु भयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सरकारले सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई कानुन बमोजिम प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुट सुविधालाई अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन
    प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानलाई खारेज गर्नुको साटो सुदृढीकरण
    अमेरिकी उपराष्ट्रपति जेडी भान्सको पाकिस्तान भ्रमण रद्द
    ताजा अपडेट
    • सरकारले सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई कानुन बमोजिम प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुट सुविधालाई अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन
    • प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानलाई खारेज गर्नुको साटो सुदृढीकरण
    • अमेरिकी उपराष्ट्रपति जेडी भान्सको पाकिस्तान भ्रमण रद्द
    • २०८३ साल वैशाख ०९ गते बुधबारको तपाइको आजको राशिफल
    • डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.