• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, बैशाख ०७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

द्वन्द्वपीडितद्वारा न्यायका लागि पहल गरिदिन इन्सेकसमक्ष आग्रह

"द्वन्द्वपीडितद्वारा न्यायका लागि पहल गरिदिन इन्सेकसमक्ष आग्रह "

  •     अभियान हाम्रो/ सोमबार, कार्तिक २०, २०८०  

  • द्वन्द्वमा विद्रोहीले खुट्टा भाँचेर अपाङ्ग हुनुभएका चौतारा सागाचोकगढी नगरपालिका-८, इर्खुका द्वन्द्वपीडित भिमबहादुर श्रेष्ठले हालसम्म न्याय र राहत नपाएको भन्दै न्यायका लागि पहल गरिदिन  कात्तिक २० गते इन्सेकसमक्ष आग्रह गनुभएको छ ।

    पीडित भिमबहादुरलाई ०५७ फागुन ४ गते घरमा बसिरहेको अवस्थामा १५/२० जनाको विद्रोही समूह आएर लिएर गएका थिए । घरभन्दा केही पर पुर्‍याई दुवै हात पछाडि बाँधेर देब्रे खुट्टा ढुङ्गामाथि राखि नलिखुट्टामा घनले हानी खुट्टा भाँचेर बेहोस अवस्थामा छाडेर गएको पीडितले उल्लेख गर्नुभयो । घटनापछि आफन्तले थाहा पाएर हारगुहार गरी भोलिपल्ट फागुन ५ गते पीडित भिमबहादुर श्रेष्ठलाई उपचारको लागि ललितपुरस्थित बि एण्ड बी अस्पताल पुर्‍याइएका थिए । दुई वर्षसम्म बि एण्ड बी अस्पतालमा बसेर उपचार गराउँदा कतैबाट उपचार खर्च नपाएको द्वन्द्वपीडित भिमबहादुरको गुनासो छ ।

    द्वन्द्वको समयमा आफ्नो खुट्टामा घनले हानेर आफूलाई अपाङ्ग बनाउने चार जना व्यक्तिहरू अहिलेसम्म आफूले राम्ररी चिनेको, अहिले पनि उनीहरू आफ्नै अगाडि खुल्लेआम हिँड्डुल गर्ने गरेको उहाँले बताउनु भयो । उनीहरू कै यातनाबाट आफू अपाङ्ग भएर राम्रोसँग हिँड्न नसक्ने भएको उहाँले इन्सेकलाई जानकारी दिनुभयो । ‘दैनिक औषधि खानुपर्छ । आम्दामीको स्रोत केही पनि छैन’, उहाँले भन्नुभयो ।

    न्यायका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, गृह मन्त्रालय, मानव अधिकार आयोग, शान्ति समिति, सत्य निरुपण तथा मेलामिलाप आयोग लगायतका निकायमा उजुरी दिए पनि हालसम्म कतैबाट पनि न्याय नपाएकोले इन्सेकसमक्ष आग्रह गरेको उहाँले बताउनु भयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    ताजा अपडेट
    • आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    • कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.