• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, बैशाख ०७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

भूकम्प पीडितहरु चिसो रातमा त्रिपालमुनि बास


  •     अभियान हाम्रो/ सोमबार, कार्तिक २०, २०८०  

  • रुकुमपश्चिममा भूकम्पले जनधनको क्षति गरेपछि भूकम्प पीडित र प्रभावित परिवारहरुले घरबाहिरै त्रिपालमुनि र खुल्ला आकाशमा दिनरात कटाउन बाध्य छन् । पीडित र प्रभावित परिवारसँगै किरिया-पुत्रीले समेत चिसो रातमा त्रिपालमूनि रात बिताउन बाध्य भएका छन् । भूकम्पबाट मृत्यु भएको ५२ जनाको अधिकांश पीडित परिवार त्रिपालमुनि नै रहेका छन् । अधिकांशका घर भत्किएको, बस्न नमिल्ने गरेर चर्किएको र फेरि भूकम्प आउने त्रासका कारण किरियापुत्रीसहितका प्रभावितहरु खुला चौरमा त्रिपाल टाँगेर बसेका हुन् ।

    जिल्लाको सबैभन्दा बढी प्रभावित क्षेत्र आठविसकोट नगरपालिका– ११, १२, १३ र १४ र सानीभेरी गाउँपालिका– १ र ४ मा सयाैँ घरपरिवारले बारीमा त्रिपाल टाँगेर रात बिताउन बाध्य छन् । स्थानीय सरकार, विभिन्न संघ सस्था र राजनीतिक दल समेतले उपलब्ध गराएका त्रिपाल र केहि कम्बलको भरमा पीडितहरुले खुल्ला आकाशमा रात बिताएका छन् । जिल्लाको चौरजहारी नगरपालिका, त्रिवेणी गाउँपालिका समेतका सर्वसाधारणहरु त्रिपालमुनि रात बिताएका छन् ।

    आठविसकोट नगरपालिका–११ का हरि पुनले आफ्नी सानी आमाको भूकम्पमा परेर मृत्यु भएको र सबै परिवार त्रिपालमुनि नै बसेको बताउनुभयो । चिसो रातमा पराल बिछ्याएर बस्न बाध्य भएको उहाँले जानकारी दिनुभयो । मृतकका परिवारहरु मात्र नभएर सयौँ पीडित र प्रभावित परिवारहरु त्रिपालमुनि नै बसिरहेको उहाँले बताउनु भयो।

    प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले एकद्धार प्रणाली मार्फत राहत वितरणको व्यवस्था मिलाइएको जानकारी दिनुभयो । उहाँले विभिन्न क्षेत्र र निकायबाट राहत सामाग्री प्राप्त भइरहेकोले केहि पीडितलाई कात्तिक १९ गते उपलब्ध गराइसकिएको र बाँकिलाई कात्तिक २० गते उपलब्ध गराइसक्ने उहाँले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    ताजा अपडेट
    • आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    • कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.