गोर्खाली रेडियोको १४औं बार्षिक साधारण सभा तथा धन्यबाद कार्यक्रम समापन भएको छ । आइतबार पोखरा नयाँबजार स्थित तमु धिमा भएको कार्यक्रमको उद्घाटन कास्कीको मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले गर्नुभएको थियो । उक्त अवसरमा अध्यक्ष गुरुङले राजनितिक रुपमा विभिन्न खालका नेतृत्व तहमा नपुगे सम्म आदिवासी जनजातिहरुको हक अधिकार सुनिश्चत नहुने जिकीर गर्नुभयो । अधिकार सुनिश्चितका लागि आ–आफ्नो आस्था रहेको विभिन्न खालका विश्वासिलो पार्टीमा लाग्नका लागि आग्रह गर्नुहुँदै, उहाँले नेतृत्वका लागी पनि अघि वढ्नका लागि आग्रह गर्नुभयो ।

गण्डकी प्रदेशका पुर्व सांसद, रेडियो गोर्खालीका सल्लाहकार मिना गुरुङले आर्थिक मजबुतले मात्र रेडियोलाई नपुग्ने भएकोले रेडियोले रोजगारीको पनि आगामी दिनमा व्यवस्था मिलाउदै जानपर्नेमा जोड दिनुभयो । तमु धि नेपालका अध्यक्ष हुम बहादुर तमुले आन्तरिक एकतालाई अघि वढाउनुपर्नेमा जोड दिनुहँदै, कर्मचारी, व्यवस्थापिका र सञ्चालकहरु रेडियो प्रति उत्तरदायी बनेको अवस्था मात्र रेडियोले जस्तो सुकै चुनौतिको समाधान गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

आदिवासी जनजातिको आफनै रेडियो, टिभि पत्रपत्रिका, अनलाइन भयो आफ्नो अधिकारका लागि कलम चलाउन पनि सहज हुने र आदिवासी जनजातिको आवाजलाई बुलन्द गर्न सकिने पनि उहाँको विश्वास रहेको थियो । कार्यक्रममा तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय परिषदका कार्य वाहक अध्यक्ष, सिता तमु, रेडियोका पुर्व अध्यक्ष मेजर लक्ष्मी प्रसाद तमु लगायतले सवैको साथ सहयोगले रेडियोे संरक्षण हुने बारे बोल्नुभएको थियो । कार्यक्रमको अवसरमा रेडियोका सिनियर टेक्नीसियन रजन गुरुङ उत्कृष्ठ कर्मचारीको रुपमा सम्मानीत हुनुभएको छ ।
उहाँलाई प्रमुख अतिथि र रेडियोका अध्यक्ष, कोषाध्यक्ष सुमे देउ बहादुर गुरुङले फेटा, खादा, प्रमाण पत्र र नगद रु. ५ हजार रुपैयाँले सम्मान गर्नुभएको थियो । साथै गोर्खाली अन्तर समाज खुल्ला सामुहिक लोक नृत्य प्रतियोगिताका लागि सहयोग गर्नुहूने सवै सहयोग दाताहरुलाई समेत फेदा, खादा र प्रमाणपत्र र मायाको चिनोले सम्मान गरिएको थियो । रेडियोका अध्यक्ष सुब्दार मेजर श्री प्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष मेजर हितमान गुरुङले राख्नुभएको थियो भने, स्टेशन म्यानेजर खिमा गुरङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।








