• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, बैशाख ०९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पोखराको फिस्टेल एकेडेमीले ‘फिस्टेल स्पोर्टस् फेस्ट’ आयोजना गर्ने


  •    संवाददाता/ शुक्रबार, कार्तिक १७, २०८०  

  • पोखरा ,कार्तिक १७

    पोखरा महानगरपालिका वडा नं. १७ तल्लो बिरौटामा अवस्थित फिस्टेल एकेडेमी माध्यमिक विद्यालयले यही मङ्सिर २७ देखि ३० सम्म ‘फिस्टेल स्पोर्टस् फेस्ट’ आयोजना गर्न गइरहेको छ । विक्रम संवत् २०५१ मा स्थापना भई लामो समयसम्म शिक्षा र खेलकुद क्षेत्रमा ठुलो योगदान पुऱ्याउँदै आइरहेको यस विद्यालयले आफ्नो २९ औं वार्षिकोत्सवको अवसर पारेर सो कार्यक्रमको आयोजना गर्न लागेको हो । एसईई २०७९ मा ४ जिपिए सहित शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल यस विद्यालयले विगत दुई वर्षदेखि आफूलाई गण्डकी प्रदेशकै एकमात्र प्रगतिशील विद्यालय (Progressive School) को रूपमा अगाडि बढाउँदै आएको छ । आईबी पिवाईपी (IB PYP) प्रस्तावित यस विद्यालयले आयोजना गर्ने यस खेलकुद कार्यक्रममा देशविदेशका विभिन्न विद्यालयहरू सहभागी हुने छन् ।

    बास्केटबलतर्फ छात्र तथा छात्रा दुवै र सेभेन ए साइड फुटबलमा छात्र समूह सहभागी हुने गरी गर्न लागिएको सो प्रतियोगितामा देश विदेशका विद्यालयहरूले कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरूलाई सहभागी गराउन सक्ने छन् । तीनओटै खेलमा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः ७५ हजार, ३५ हजार र २० हजार नगद पुरस्कारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

    यसै गरी लन टेनिसतर्फ छात्र र छात्रा दुवैमा १६ वर्षमुनि, १२ वर्षमुनि र ९ वर्षमुनिका खेलहरू रहने छन् । लन टेनिस प्रतियोगितामा पनि आकर्षक पुरस्कार रहेको विद्यालयले जनाएको छ । विद्यार्थीहरूमा शैक्षिक विकासका साथसाथै खेलकुदमार्फत उनीहरूको चौतर्फी विकास गराउने उद्देश्यले सो कार्यक्रमको आयोजना गर्न लागिएको कुरा विद्यालयका संस्थापक अध्यक्ष चिनु रानाभाटले जानकारी गराउनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सरकारले सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई कानुन बमोजिम प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुट सुविधालाई अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन
    प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानलाई खारेज गर्नुको साटो सुदृढीकरण
    अमेरिकी उपराष्ट्रपति जेडी भान्सको पाकिस्तान भ्रमण रद्द
    ताजा अपडेट
    • सरकारले सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई कानुन बमोजिम प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुट सुविधालाई अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन
    • प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानलाई खारेज गर्नुको साटो सुदृढीकरण
    • अमेरिकी उपराष्ट्रपति जेडी भान्सको पाकिस्तान भ्रमण रद्द
    • २०८३ साल वैशाख ०९ गते बुधबारको तपाइको आजको राशिफल
    • डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.