• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, बैशाख ०९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

अपाङ्गमैत्री भवन निर्माण गर्नका लागि ध्यानाकर्षण

"इन्सेकको समन्वयमा सिन्धुली अपाङ्ग महिला सङ्घले भौतिक संरचना निर्माण गर्दा अपाङ्गमैत्री भौतिक संरचना निर्माण गर्न ध्यानाकर्षण गराएको छ ।  "

  •    अभियान हाम्रो/ शुक्रबार, कार्तिक १७, २०८०  

  • इन्सेकको समन्वयमा सिन्धुली अपाङ्ग महिला सङ्घले भौतिक संरचना निर्माण गर्दा अपाङ्गमैत्री भौतिक संरचना निर्माण गर्न ध्यानाकर्षण गराएको छ । सिन्धुली अस्पताल र कमलामाई नगरपालिका-५ को वडा कार्यालयको भवन अपाङ्गमैत्री बनाउन ०८० कात्तिक १६ गते ध्यानाकर्षण गराइएको हो ।

    सिन्धुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सतिशकुमार ढकाल र कमलामाई नगरपालिका-५ का वडा अध्यक्ष पूर्णबहादुर खड्कालाई सङ्घले भौतिक संरचनाहरु अपाङ्गमैत्री बनाउन लिखित रूपमा ध्यानाकर्षण गरिएको छ । सङ्घका अध्यक्ष दिल कुमारी देवकोटाले अस्पताल र वडा कार्यालयका भवनहरू निर्माण भइरहेकाले भौतिक संरचना निर्माणमा आपाङ्गमैत्री नभएकाले अपाङ्गमैत्री बनाउन ध्यानाकर्षण गराएको बताउनु भयो ।

    उहाँले सिन्धुली अस्पतालको भवन पूर्ण अपाङ्ग मैत्री बनाइनु पर्नेमा जोड दिनुभयो । अस्पताल सेवा लिन अपाङ्गता भएका, ज्येष्ठ नागरिक, गर्भवती महिला, बालबालिका र दुर्घटनामा परेका व्यक्तिहरू आउने भएकले सबैले सहजै पुग्ने र सेवा लिन सक्ने वातावरण निर्माण गर्न उहाँले आग्रह गर्नुभयो ।

    कमलामाई नगरपालिका-५ को वडा कार्यलयको भवन पनि निर्माण भइरहेको र वडा कार्यालयको भवन अपाङ्गमैत्री नभएकाले अपाङ्गमैत्री बनाउन उहाँले वडा अध्यक्षको ध्यानाकर्षण गराउनु भयो । वडा कार्यालयमा अपाङ्गता भएका, ज्येष्ठ नागरिक, गर्भवती महिला, बालबालिकाको पहुँच पुग्ने गरी निर्माण गर्न इन्सेकको समन्वयमा सिन्धुली अपाङ्ग महिला सङ्घले माग गरेको हो ।

    सिन्धुली अपाङ्ग महिला सङ्घ सिन्धुलीको ध्यानाकर्षणपछि अस्पताल विकास समितिका अध्यक्ष सतिशचन्द्र ढकालले भवन अपाङ्गतामैत्री बनेको बताउँदै केही कमजोरी भएको भए सुधार गर्ने प्रतिबद्धता जनाउनु भयो । वडा अध्यक्ष पूर्ण बहादुर खड्काले अपाङ्गतामैत्री भवन निर्माणमा सहजीकरण गर्ने प्रतिबद्धता गर्नुभयो ।

    सरकारले अपाङ्गता भएका व्यक्तिको आवश्यकतालाई ध्यानमा राखेर २०६९ सालमा ‘अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा’ निर्देशिका जारी गरेको छ । निर्देशिकामा सरकारी भवन, विद्यालय, विश्वविद्यालय, अस्पताल, स्वास्थ्य संस्था, धार्मिकस्थल, कार्यस्थल, सार्वजनिक सडक, सडकपेटी, यात्रु प्रतिक्षालय र पार्किङ स्थल ‘पहुँचयुक्त अपाङ्गतामैत्री हुनु पर्ने’ भनिएको छ । निर्देशिका अनुसार भवनका साथै सार्वजनिक सडक र सडक पेटीसमेत अपाङ्गतामैत्री बनाउनु पर्ने कानुनी व्यवस्था गरिएको छ । प्रत्यक्ष जनसरोकारकारका सरकारी कार्यालय पनि अपाङ्गमैत्री नभएपछि अपाङ्गले आफ्नो हक अधिकारबाट वञ्चित हुनु परेको दुखेसो पोखेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सरकारले सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई कानुन बमोजिम प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुट सुविधालाई अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन
    प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानलाई खारेज गर्नुको साटो सुदृढीकरण
    अमेरिकी उपराष्ट्रपति जेडी भान्सको पाकिस्तान भ्रमण रद्द
    ताजा अपडेट
    • सरकारले सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई कानुन बमोजिम प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुट सुविधालाई अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन
    • प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानलाई खारेज गर्नुको साटो सुदृढीकरण
    • अमेरिकी उपराष्ट्रपति जेडी भान्सको पाकिस्तान भ्रमण रद्द
    • २०८३ साल वैशाख ०९ गते बुधबारको तपाइको आजको राशिफल
    • डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.