• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, बैशाख ०९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

सुनकोशी गाउँपालिका-६, थुम्पाखरमा रहेको स्वास्थ्य चौकीमा उपचारको लागि आउने बिरामीहरू मार्कामा

"सुनकोशी गाउँपालिका-६, थुम्पाखरमा रहेको स्वास्थ्य चौकीमा निःशुल्क वितरण गरिने औषधिहरू प्रयाप्त नहुँदा स्वास्थ्य चौकीमा उपचारको लागि आउने बिरामीहरू मार्कामा "

  •     अभियान हाम्रो/ शुक्रबार, कार्तिक १७, २०८०  

  • सुनकोशी गाउँपालिका-६, थुम्पाखरमा रहेको स्वास्थ्य चौकीमा निःशुल्क वितरण गरिने औषधिहरू प्रयाप्त नहुँदा स्वास्थ्य चौकीमा उपचारको लागि आउने बिरामीहरू मार्कामा परेका छन् । उक्त ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरूमा औषधिको अभाव हुँदा बिरामीहरूले थप सास्ती खेप्नु परेको हो ।

    गाउँमा भाइरल ज्वरोको माहामारी छ, तर स्वास्थ्य चौकीमा सिटामोल समेतका औषधिहरूको अभावले स्थानीयहरू मार्कामा परेको थुम्पाखरस्थित मानव अधिकार निगरानी समूहकी संयोजक रेखा थापाले बताउनु भयो । समूहकी संयोजक थापाको भनाई अनुसार स्वास्थ्यकर्मीहरू नियमित स्वास्थ्य संस्थामा बसे पनि औषधिको अभावका कारण बिरामीहरू समस्यामा परेका छन् । स्वास्थ्य चौकीमा औषधिको अभाव भएपछि बिरामीहरू स्थानीय मेडिकलमा गएर औषधि किन्न बाध्य भएका छन् ।

    स्वास्थ्य चौकीहरूमा औषधिको व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय सरकारको भएकाले जिल्लाबाट औषधि पठाउन नसकिएको जिल्ला जनस्वास्थ्य प्रमुख अनुप अधिकारीले बताउनु भयो । स्वास्थ्य चौकीमा औषधिको अभाव भएको बारे सुनकोशी गाउँपालिका-६ का वडा अध्यक्ष चक्र बस्नेतसँग जिज्ञासा राख्दा औषधिको व्यवस्थापन केही हप्ताभित्र नै प्रयाप्त मात्रामा हुने बताउनु भयो ।

    नेपालको संविधान २०७२ को मौलिक हक अन्तर्गत धारा ३५ को उपधारा १ मा प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने अधिकारको सुनिश्चितता गरिएको भए पनि थुम्पाखरमा रहेको स्वास्थ्य चौकीमा औषधि समेत नपाउँदा बिरामीहरू समस्यामा परेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सरकारले सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई कानुन बमोजिम प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुट सुविधालाई अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन
    प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानलाई खारेज गर्नुको साटो सुदृढीकरण
    अमेरिकी उपराष्ट्रपति जेडी भान्सको पाकिस्तान भ्रमण रद्द
    ताजा अपडेट
    • सरकारले सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई कानुन बमोजिम प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुट सुविधालाई अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन
    • प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानलाई खारेज गर्नुको साटो सुदृढीकरण
    • अमेरिकी उपराष्ट्रपति जेडी भान्सको पाकिस्तान भ्रमण रद्द
    • २०८३ साल वैशाख ०९ गते बुधबारको तपाइको आजको राशिफल
    • डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.