नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछाने आफूबारे सार्वजनिक टेलिभिजन कार्यक्रम मार्फत दिइएको अभिव्यक्तिलाई लिएर नेपाल प्रहरीको साइबर ब्यूरो जाने भएका हुन् ।
गत शनिबार नेपाल नेटवर्क टेलिभिजन तथा ओएसआर रियालिटी युट्युब च्यानलमा प्रसारण भएको ‘आम्मा कसम याँ दुख्छ’ कार्यक्रममा अतिथि सावित्री सुवेदी ‘जयनारी’ले लामिछानेलाई बध गर्नुपर्ने अभिव्यक्ति दिएकी थिइन् ।
कार्यक्रम प्रस्तोता बिक्की अग्रवालले लामिछानेको फोटो देखाएपछि सावित्रीले उनीमाथि बलात्कार आरोपको मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा मुद्दालाई प्रभावित पार्ने, व्यक्तिको मानमर्यादा गिराउने र वध गर्नुपर्ने भन्ने जस्तो गम्भीर अभिव्यक्ति टेलिभिजन कार्यक्रममा सामान्य तरिकाले टिप्पणी गरिएकाले लामिछाने कानून व्यवसायी अधिवक्ता सरोजकृष्ण घिमिरेले बताएका छन् ।







