• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, जेठ २४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

काभ्रेपलाञ्चोकका चार स्थानीय तह ‘एकीकृत विकास’ कार्ययोजना बनाउने निर्णय


  •    संवाददाता/ बिहिबार, कार्तिक १६, २०८०  

  • काभ्रेपलाञ्चोकका चार स्थानीय तहले पूर्वाधार विकासलगायत प्रकोप समाधानका लागि संयुक्तरुपमा ‘एकीकृत विकास’ कार्ययोजना बनाउने निर्णय गरेका छन् ।

    जिल्लाको बेथानचोक, खानीखोला, महाभारत र रोशी गाउँपालिकाका जनप्रतिनिधि सम्मिलित अन्तरपालिका बैठकले आफ्नो क्षेत्रको विकासका लागि एकजुट हुने प्रतिबद्धता जनाएका हुन् ।

    जिल्लाको दक्षिणी भेगमा अवस्थित यी गाउँपालिकामा भौगोलिक अवस्था मिल्दोजुल्दो रहेकाले सडक, पुल, सिँचाइ तथा भवनलगायतका भौतिक पूर्वाधार निर्माणसँग सम्बन्धित आयोजना कार्यान्वयन गर्दा अन्तरपालिकाबीच आवश्यक समन्वय, सहकार्य र समझदारी कायम गरी संयुक्त रूपमा बजेट विनियोजन गर्न एकीकृत कार्ययोजना निर्माण गरी प्रदेश र सङ्घीय सरकारमा एकैसाथ जाने बैठकले निर्णय गरेको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिए ।

    अन्तरपालिका विकास निर्माण, सेवा प्रवाह र असल अभ्यासको अनुभव आदानप्रदान गर्न अन्तरपालिका बैठक आवधिक रूपमा सञ्चालन तथा व्यवस्थापन गर्ने निर्णय भएको जिम्बाले बताए । चारै पालिकाका नागरिकको आयस्तरमा वृद्धि गरी सम्बृद्ध पालिका निर्माण गर्न पर्यटकीय गन्तव्य पहिचान र संरक्षण गरी एकीकृत पर्यटन पूर्वाधार विकास गर्ने, महाभारत ट्रेल (पर्यटन पदमार्ग), नारायणस्थान, तिनतले झरना, शिव पार्वती गुफा, कपेर महाकाल, तिलेश्वर पर्यटन क्षेत्र, तारखसे लेक, घ्याङलेक, चैतेपानी तथा भूमेचुली पर्यटन क्षेत्रको पूर्वाधार निर्माण, व्यवस्थापन र प्रवर्द्धनमा संयुक्त लगानी गर्ने निर्णय भएको उनको भनाइ थियो ।

    बैठकले चार गाउँपालिका समेट्ने जनमुक्ति मार्ग निर्माण गर्न संयुक्त रूपमा पहल गर्ने निर्णय गरेको छ । त्यस्तै, सम्भावित प्राकृतिक-गैर प्राकृतिक, मानव स्वास्थ्य तथा पशुजन्य विपद्लगायतका प्रकोपको पहिचान तथा घटनाको न्यूनीकरण, विकासका साझा योजना तथा कार्यक्रम पहिचान गरी प्रभावकारी कार्यान्वयन, उपलब्ध प्राकृतिक स्रोतको पहिचान गरी आपसी सहकार्यमा जोड दिनेलगायत नौ बुँदे सहमति भएको अध्यक्ष जिम्बाले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.