पाँचपोखरी थाम्पाल गाउँपालिका-५, गस्तीमा रहेका सुरक्षाकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा ३२ वर्षीय काल्देन गोले र सोही ठाउँका ३६ वर्षीय पाराङ गोलेलाई प्रहरीले कात्तिक १५ गते गुन्सा बजारबाट गिरफ्तार गरेको छ ।
थाम्पालकोट प्रहरी चौकीबाट गस्तीमा गएका सुरक्षाकर्मीलाई आरोपितहरूले असोज २९ गते गुन्सामा दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले असोज ३० गते इलाका प्रहरी कार्यालय, मेलम्चीमा उजुरी दिएको थियो । घटनापछि आरोपित फरार रहेको र हाल लुकिछिपी बसेको अवस्थामा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर संजिव यादवले बताउनु भयो ।
आरोपितहरूलाई घटनाको अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय, मेलम्चीको हिरासतमा राखिएको इन्स्पेक्टर यादवले इन्सेकलाई जानकारी दिनुभयो ।








