पूर्वमन्त्री प्रभु साहविरुद्ध उजुरी दिन एक महिला प्रहरी कार्यालय बानेश्वर पुगेकी छिन् । काठमाडौं बाँसबारीकी दीपा कुँवर केसीका छोरालाई साहले क्यानडा पठाइदिने भन्दै ३० लाख रुपैयाँ लिएर नपठाएको पीडित केसीको आरोप छ ।
छोरालाई क्यानडा पठाइदिन्छु भनेर ३० लाख रुपैयाँ लिनु भएको हो । पछि पठाउन नसकेपछि साढे १० लाख फिर्ता पनि गर्नुभयो । २० लाख रुपैयाँ पटक–पटक माग्दा पनि दिनु भएको छैन,’ केसीले भनिन्,‘ आज पैसा माग्न उहाँको घरमा जाँदा म माथि हातपात भयो ।
प्रहरीका अनुसार दीपा केही महिला साथी लिएर आइतबार बिहान पूर्वमन्त्री साहको घरमा पुगेकी थिइन् । तर, साहले उनलाई आफूले नचिन्ने भन्दै कुरा गर्न इन्कार गरेका थिए ।