• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, बैशाख ०९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

उपभोक्तामा सचेतना कमी हुँदा रङ्गिन झिनियाँबाट क्यान्सरको जोखिम बढ्दै


  •    अभियान हाम्रो/ बुधबार, कार्तिक १५, २०८०  

  • तिहार नजिकिएसँगै बागलुङमा झिनियाँको माग बढ्न थालेको छ । नेवार समुदायको प्रख्यात झिनियाँ रोटी आजभोली हरेक नेपालीका लागि उत्तिकै विषेश बन्दै गएको छ । तिहारका लागि झिनियाँ बनाउन यतिबेला बागलुङका घरेलु उद्यमीहरु निकै व्यस्त छन् । तर, रङ्गिन झिनियाँ खाँदा क्यान्सर जस्तो जघन्य रोग लाग्ने जोखिम हुने खाद्य प्रविधि गुण नियन्त्रण कार्यालय बागलुङका प्रमुख शौरभ श्रेष्ठ बताउनु हुन्छ ।

    तिहारमा मात्र होइन् पछिल्लो समय विवाह, व्रतबन्ध, पुजाआजा र कोसेलीको रुपमा पनि झिनियाँ अत्याधिक प्रयोग हुन थालेको छ । गाउँ घरमा आफुलाई चाहिने झिनियाँ आफै बनाउनेहरुको संख्या पनि कम छैन् ।

    रंगहरुको पर्व तिहारमा सप्तरङ्गी टिकामात्र होइन् खानाका परिकार पनि रङ्गिन बनाउँने प्रचलन बढ्न थालेको छ । यहि प्रचलनका कारण आजभोली सेता झिनियाँ कम बिक्रि हुन्छन्, झिनियाँ किन्न आउनेहरुले पनि राता, हरिया, पहेला र गुलाबी झिनियाँको माग गर्छन् । गाउँ घरमा बनाइने झिनियाँ पनि रङ्गिन बनाइन्छ ।

    चाडपर्वको समयमा नेपालीहरुले मिष्ठान्न परिकार बढी बनाउने र त्यसमा अत्यधिक रंगको प्रयोग गर्ने गरेको भन्दै श्रेष्ठले खानामा प्रयोग गर्नका लागि बनाइएको रंग पनि जथाभावी प्रयोगले जोखिम निम्त्याउने बताउनुभयो ।

    ‘बागलुङ जिल्लामा उत्पादन हुँदै आएको झिनियाँ रोटीमा अत्यधिक रंगको प्रयोग भएको देखिन्छ,’ श्रेष्ठले भन्नुभयो ‘रंग राखेर बनाइएका र पछि तेलमा तारेर बनाइने खानेकुराले क्यान्सर निम्त्याउने पदार्थको बिकास गर्छ, त्यसैले रंगिन झिनियाँको प्रयोग गर्न बन्द गर्नुपर्छ ।’

    तेलमा नतारिने खानेकुरामा निश्चित मात्रमा खाद्य रंगको प्रयोग गर्न सकिने उहाँको भनाई छ । १ केजी खाद्य पदार्थमा ० दशमलव २ ग्राम भन्दा बढी रंगको प्रयोग गर्न नमिल्ने सरकारी व्यवस्था रहेको छ ।

    ‘खाद्य रंगले आँखालाई लोभ्याउने मात्र हो, त्यसले स्वादमा फरक पार्दैन,’ श्रेष्ठले भन्नुभयो ‘खाद्य रंग उपभोत्तालाई तान्न, आकर्षण गर्न प्रयोग गरिन्छ, त्यसले क्यान्सरजस्तो रोग निम्त्याउछ भने किन प्रयोग गर्ने । उपभोक्तामा रंगिन झिनियाँका कारण क्यानसर रोगको जोखिम हुन्छ भन्ने चेतना फैलाउँन नसक्दा यस्को उत्पादन र विक्रि वितरण रोक्न नसकिएको उहाँको भनाई छ ।

    दसौँ वर्षदेखि बागलुङ नगरपालिका–१ रामरेखामा झिनियाँको व्यवसायीक उत्पादन गर्दै आउनुभएकी शर्मीला श्रेष्ठले ५ पाथी चामलको पिठोमा डेढ चम्चा खाद्यरंग मिसाउने गरेको बताउनु हुन्छ । रंगले गर्ने असरबारे उहाँलाई जानकारी नभएको होइन्, तर कती खाद्यन्नमा कती रंग मिसाउने भन्ने भने उहाँलाई जानकारी छैन । ‘उपभोत्ताले सेतो झिनियाँ किन्दैनन्, रंग रंगका खोज्छन्,’ उहाँले भन्नुभयो ‘रंग नभएको झिनियाँ बनाउँदा हामिलाई त सस्तो पर्छ फाइदानै हुन्छ नी ।’

    पछिल्लो पाँच वर्षदेखि सोही ठाउँमा झिनियाँको व्यवसाय गर्दै आउनु भएका मोहन थापा पनि रंगिन झिनियाँ बनाउनु आफूहरुको बाध्यता भएको बताउनु हुन्छ । ‘१० केजी चामलको पिठोमा ५० ग्राम खाद्य रंग मिसाउछु,’ थापाले भन्नुभयो ‘सेतो झिनियाँ बिक्रि हुँदैन, रंग अलिकती पनि थोरै भयो भने ढुसी लागेको भन्छन् बिक्रि हुँदैन् ।’

    उपभोक्तामा सचेतना नभएको कारण बाध्यतावस रंगिन झिनियाँ बनाउन परेको सोही ठाउँकी भगवती श्रेष्ठको भनाई छ । सुन्तला, रातो, गुलाबी र पहेलो रंगको झिनियाँ बनाउँदै आएकी श्रेष्ठले रंगिन झिनियाँ स्वास्थ्यका लागि हानिकारक हुन्छ भन्ने जान्दा जान्दै पनि उपभोक्ताले सेतो झिनियाँमात्र नलैजाने भएकाले आफूहरु बाध्यतामा परेको बताउनु हुन्छ ।

    व्यापारिलाई पनि रंगिन झिनियाँ बेच्ने, बनाउने गर्नु हुँदैन भन्ने जानकारी नभएको होइन तर, किन्नेहरुले सेतो झिनियाँ किन्दै नकिनेको उनिहरुको गुनासो छ ।

    रंगको प्रयोग गरिएको भन्दै स्थानीय घरेलु उत्पादनको रुपमा चलिरहेका झिनियाँ रोटीका उद्योगहरुलाई बन्द गर्दा सयौंको रोजिरोटी गुम्ने बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठको भनाई छ । झिनियाँ रोटीमा रंग नराख्नुस भन्नु उद्योग बन्द गर्नु जस्तै हो त्यसैले यसलाई बन्द होइन सचेत बनाउने तर्फ अगाडि बढ्नु पर्ने श्रेष्ठले बताउनुभयो ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सरकारले सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई कानुन बमोजिम प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुट सुविधालाई अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन
    प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानलाई खारेज गर्नुको साटो सुदृढीकरण
    अमेरिकी उपराष्ट्रपति जेडी भान्सको पाकिस्तान भ्रमण रद्द
    ताजा अपडेट
    • सरकारले सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई कानुन बमोजिम प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुट सुविधालाई अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन
    • प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानलाई खारेज गर्नुको साटो सुदृढीकरण
    • अमेरिकी उपराष्ट्रपति जेडी भान्सको पाकिस्तान भ्रमण रद्द
    • २०८३ साल वैशाख ०९ गते बुधबारको तपाइको आजको राशिफल
    • डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.