• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

जनतामा चरम आर्थिक मन्दी छ । हामी कसरी बदलिने ?

" जनतामा चरम आर्थिक मन्दी छ । हामी कसरी बदलिने ? "

  •     अभियान हाम्रो डट कम / मङ्गलबार, कार्तिक १४, २०८०  

  •     मणिराम आचार्य
             सिन्धुलि ।
             केही उद्योग र उद्यमीहरु काम गर्दा-गर्दै पनि चर्काे ब्याज र करबाट शाेषित छन् माैका परे तिनले मर्नु पर्ने दिन आउला ,आत्मदाह झैं सम्झाैं न तिनकाे जीवन, रिस्क लिने क्षेत्र यस्तै हुन्छ फाइदा गर्लास् र खालास् भन्दाभन्दै बिच बाटाेमै तिनकाे मन्दी र असफलता झ्ल्नु पर्ने नियतिहरु छन्।
    राज्य लिन पर्खन्छ, समाज लिन पर्खन्छ चाहे उसले दिने राेजगारी नै किन नहाेस्।
       कृषि, पर्यटन, हाेटल,रिसाेर्ट ,पशुपालन जस्ता व्यवसाय नेपालीका राेज्जा पर्छन् , अलिअलि ज्ञान पनि र थपथाप याेजना सहित भविश्य देखिने यी पेशाहरु उद्यमीका नजरमा छन्।जागिरे जीवनले साेझाे किसिममा मानिसकाे जीवन बदल्न सक्ने कुनै बाटाहरु छैनन्।
    यदि छन् भने कि त उसकाे बलियाे पैतृक स्थिति हुनुपर्छ कि त भ्रष्ट बाटाे , अन्यथा केही नयाँ उपक्रम देखिएमा उनीहरु इमान्दार ऋणी रहन्छन् र ऋणकाे मुक्तिका लागि छाेराछाेरी वैदेशिक यात्राकाे सपनामा निदाउँछन् नेपाली आर्थिक जीवन यसरी कष्टकर बन्दै गएकाे छ।
    दिनदिन पैसा सस्ताे र सामान महङ्गो हुँदै गइरहने स्थिति छ।
               उच्च जीवन शैलीकाे सपना सामान्य आम्दानीले हुनसक्ने स्थिति काेही कल्पना गर्न सक्ने वाला छैन र सही नै यही हाे पनि।हामीकहाँ गरिबी निवारण गर्न न सरकार न सरकारलाई सघाउने संघसंस्थाहरुले सक्नेवाला छैनन्।एउटा दुई वर्ष पछि व्याउँछ ब्याउँदैन बाख्रा बाँडेर पनि हुनेवाला छैन।जनता सहकारी र वित्तीय संस्थाहरुमा बचत भन्दा ठूलाे मात्रामा ऋण बाेकेर किचिएकाे छ।ऋण झिकेर महङ्गीका अनुत्पादक आवश्यकता पूरा गरेर समाज थलिँदै गएकाे छ।सहकारी र वित्तीय संस्थाहरु असुरक्षित किसिमले नाम निसाना मेटिँदै जाने स्थितिमा छन्।वैदेशिक राेजगारकाे आम्दानी अनुपयाेगी र केही समयकाे माेजमज्जा जसरी पुन: अभाव ,पुन: परदेश गरिरहेर पूँजि निर्माण हुन नसकेकाे स्थिति देशले सामना गरिरहेकाे छ।
    हामी कता जाँदै छाैं।
          परिवार सानाे पनि बनेकाे छ औसत रुपमा, हेर्दा खान, लाउन ,शिक्षा, उपचार हुन सक्ने जस्ताे देखिन्छ तर त्याे स्थिति रहँदैन।देशकाे जनसंख्या दिनपरदिन बाहिरिरहेकाे छ।अब राज्यले नयाँ किसिमले नेपाली जनताकाे स्थितिलाई विश्लेषण गर्न सकेन भने जनतामा रहेकाे नव उदारवादले कुनै प्रगति दिन सक्दैन।बाटाे बने पनि पैसा विदेशिने क्रम र अनुत्पादक खर्च कम गर्नै पर्ने स्थिति, जग्गा, घर र गाडि र उच्च जीवन शैली भन्दा उत्पादन दिगाे, टिकाउ र बिकाउ बनाउन र स्वदेशी वस्तुकाे प्रयाेगलाई बढाउनु पर्ने, वित्तीय क्षेत्रलाई नियमन गर्नुपर्ने, राेजगारमा आधारित शिक्षा, स्वदेशी वैज्ञानिक,प्रविधिलाई महत्व दिनुपर्ने, भ्रष्टचार भएकाे सम्पति खाेज गरी राष्ट्रिय ढुकुटी बलियाे बनाउनुपर्ने, सीप सिकाउन र स्वदेशमा लागि समर्पित बनाउन देश-विदेश नागरिकहरुलाई सरकारी र गैह्र सरकारी संस्थाले पठाउने काम गर्नुपर्छ।
                 सरकारले दिएका सिपमूलक तालिम अनुसार काम कसरी भैरहेका छन् तिनकाे अनुगमन र काम गर्न प्रेरित गर्नुपर्छ।
    हरेक वित्तीय संस्था र सहकारीहरुले मर्ज भएर जनताकाे लगानीबाटै एक उद्योग स्थापना गर्नुपर्ने अनिवार्य प्रावधान सरकारले ल्याउनुपर्छ।
    जनताकाे लगानी, अनुशासन ,स्वदेशी उत्पादन विना न पूँजि निर्माण, न पूँजिकाे दिगाे उपयाेग सम्भव छैन।
    यस्तै अवस्था रहेमा जनता कामकाे खाेजिमा निस्सासिरहने छ र सरकार चाैरासीकाे चुनाव भनेर जनताकाे लागि समर्पित नरही चुनाव र लुटकाे खुलेयाम रमाइलाे मच्चाइरहने छ।थाेरै मानिसले लाखाैं मानिसलाई रुवाउने राज्य बेथितिहरुकाे पराकाष्ठा बनिरहनेछ!
    चिल्ला कुराभन्दा कर्मले मात्र मूलुक बदलिनुपर्छ!
             यसकाे लागि जनतामा आर्थिक संचेतनाकाे लागि राज्यकाे प्रमुख दायित्व अकर्मण्य रहनु हुँदैन।धर्म, जात नेपालकाे कुनै समस्या हाेइन, प्रकृतिकाे स्वर्गलाई आर्थिक सभ्य र समुन्नत बनाउन राज्यले काेशिसै नगर्नु चाहिँ नेपालीहरुकाे विकराल भविश्य बन्दै जाँदाेछ!
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ताजा अपडेट
    • नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    • आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.