• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, फागुन ३०, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बागलुङ जैमिनी नगरपालिका– ३ की ३२ वर्षीया मालतीले अहिलेसम्मकै बढी तौल भएको बच्चालाई जन्म दिए

"बागलुङ जैमिनी नगरपालिका– ३ की ३२ वर्षीया मालतीले अहिलेसम्मकै बढी तौल भएको बच्चालाई जन्म दिए "

  •    अभियान हाम्रो डट कम / आइतबार, कार्तिक १२, २०८०  

  • बागलुङ : धौलागिरि अस्पतालमा पहिलोपटक सबैभन्दा बढी तौल भएको बच्चाको जन्म भएको छ । बडादसैँका बेला अस्पतालमा स्त्रीरोग विशेषज्ञ नहुँदा पनि विद्यमान स्वास्थ्यकर्मीको सक्रियतामा बागलुङ जैमिनी नगरपालिका– ३ की ३२ वर्षीया मालती छन्त्याल तामाङले अहिलेसम्मकै बढी तौल भएको बच्चालाई जन्म दिएकी हुन् ।

              उक्त बच्चाको तौल ४ केजी ७ सय ५० ग्राम रहेकोे अस्पतालले जनाएको छ । अस्पतालको प्रसूति वार्डमा बिहीबार समान्य रूपमा उनले छोरा जन्माएको अस्पतालकी नर्सिङ इञ्चार्ज देवी भट्टराईले बताइन्  यो छन्त्यालको चौथो सन्तान हो ।
    पेटमा रहेको बच्चा ठूलो देखिएकाले अस्पतालबाट पोखरा जान सल्लाह दिइएको थियो तर विगतका सन्तान पनि सामान्य रूपमै जन्मिएकाले आफूलाई यसपटक पनि सामान्य रूपमै बच्चा जन्मिन्छ भन्ने लागेर यहीँ भर्ना भएको सुत्केरी छन्त्याल तामाङले बताइन् ।
         दसैँको बेलामा पोखरा जान पनि गाह्रो थियो । नजिकको अस्पतालमै बच्चा जन्माउने विचार गरेर यहाँ सम्बन्धित चिकित्सक नहुँदा पनि अस्पतालमा भएको जनशक्तिको सहयोगमा राम्रौसँग बच्चा जन्मिएको उनका पति नेत्रबहादुर छन्त्यालले बताए ।
        उक्त अस्पतालमा प्रसूतिका लागि एक दिनमा झण्डै एक दर्जन महिला आउने गर्छन् । यसभन्दा अघि अस्पतालमा बढीमा ४ किलो ५०० ग्रामसम्मको बच्चाको जन्म भएकोमा अहिले ४ किलो ७ सय ५० ग्रामको बच्चाको जन्म भएको हो । यसअघि ठूलो तौलको बच्चा जन्माउन नसक्दा शल्यक्रिया गर्नुपरेको थियो ।अहिले ती बच्चा र आमा दुवैको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ । रासस

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एमालेले आजलाई गुण्डुमा सचिवालय बैठक डाके
    नयाँको भ्रम र एजेन्डाको वास्तविकता: नेपाली राजनीतिको एउटा निर्मम समीक्षा
    नेपालमा फासिवादी प्रवृत्तिको संकेत? राष्ट्रवाद र नेताकेन्द्रित राजनीतिमाथि बहस
    ताजा अपडेट
    • एमालेले आजलाई गुण्डुमा सचिवालय बैठक डाके
    • नयाँको भ्रम र एजेन्डाको वास्तविकता: नेपाली राजनीतिको एउटा निर्मम समीक्षा
    • नेपालमा फासिवादी प्रवृत्तिको संकेत? राष्ट्रवाद र नेताकेन्द्रित राजनीतिमाथि बहस
    • आज २०८२ फागुन ३० गते शनिबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • नेपालमा गरिबीको अवस्था: प्रदेशगत विश्लेषण र समाधान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.