• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, फागुन ३०, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

मजदुरी गर्दै बनेको ठेक्दार भीमबहादुर साई

"मजदुरी गर्दै बनेको ठेक्दार भीमबहादुर साई "

  •    अभियान हाम्रो डट कम / आइतबार, कार्तिक १२, २०८०  

  • रवीन्द्र माकाजू
                  पोखरा बागलुङ बसपार्क निवासी भीमबहादुर साईलाई धेरैले श्रद्धापूर्वक कान्छा ठेक्दारका नामलेसम्बोधन गर्ने गर्दछन् । वि.सं. २००२ सालमा जन्मेका कान्छा ठेकदारको जीवन यात्रा हेर्दा सुरुमा दिनगन्तीका रूपमा ज्यालादारी काम गरे ।
            मुस्किलले दिनमा ४ रूपैयाँ कमाउँथे भीमबहादुरले । त्यो पनि हिउँदमा, वर्षामा हात बाधेर बस्नु पर्दथ्यो । त्यस बेला पोखरामा एक दुई घर बन्थे त्यो पनि ढुङ्गा र माटोको ।
    कान्छा ठेकदार अर्थात् भीमबहादुरले ती पुराना दिन कोट्याउँदै भने पोखरामा यातायातको सुविधा थिएन । प्लेनबाट सिमेन्ट ल्याउनु पर्दथ्यो । प्रायः घरहरू खरले छाएको हुन्थ्यो । सिद्धार्थ राजमार्ग खुलेपछि मात्र पोखराले शहरको रूप लिएको हो ।
          भीमबहादुर सानैदेखि लगनशील र इमानदार थिए । पोखराको नेशनल हाईस्कुलमा कक्षा ५ सम्म पढ्न भ्याएका भीम बहादुरलाई साथीभाइ, साहु सबैले मन पराउँथे । उनको मिठो बोली वचन र आत्मीय व्यवहारका कारण ज्यामीहरुका नाइके बने । उनले कामदारहरूलाई फकाई फकाई काम लिन्थे र घर सम्पन्न गर्दथे । यसले गर्दा उनको हौसला र उमङ्ग बढ्यो । विस्तारै पोखरामा सिमेन्टको ढलान घर बनाउने लहर चल्यो । उनी सम्झन्छन्– पोखराको सबैभन्दा पुरानो सिमेन्टेड घर बागलुङे वैद्यको महेन्द्रपुल चोकको घर हो । ढलान गर्न काठका सामानहरु आवश्यक पर्दथ्यो र ज्यामीहरुको ठूलो जमात खाँचो पर्ने हुँदा ठेक्दारी प्रथाको विकास भयो ।
    भीमबहादुरले सुरु सुरुमा ४।५ लाखका घरहरू सजिलै बनाइदिन्थे । प्रायः जनमानसमा भीमबहादुरले बनाएको राम्ररी बनाएको पक्की घर हो भन्ने आमविश्वास हुन्थ्यो । अहिले त महङ्गीका कारण लेबर कन्ट्याक्ट मात्रै गरी एक साढे एक करोड ज्यालामा मात्र खर्च हुने चलन चलेको छ । जे होस् भीमबहादुरले बनाएको घरमा कुनै विवाद हुँदैन । उनले धेरै घर बनाएका छन् । तर उनलाई कुनै घर बनाउँदा पनि घाटा भएको छैन । उनी भन्दछन्– मलाई धेरैले चिन्दछन्, विश्वास गर्दछन् । मलाई पनि यसैमा सन्तोष छ ।
       भीम बहादुरले भने मैले पनि सुरुमा मजदुरलाई ५ रूपैयाँ ज्याला दिएको छु । अहिले समय बदलिएको छ । ज्यामी मिस्त्रीले दिनमा १५०० पाउँछन् भने लेवरलाई रु. ८०० दिनुपर्दछ ।
    उनले थपे– अहिले ठेक्दार धेरै छन् । आपसमा प्रतिष्पर्धा गर्ने गर्दछन् । तर म कसैसँग प्रतिष्पर्धा गर्न जान्न । जिने जानेकाले मलाई नै खोज्दै आउँछन् । म खाली वस्नु पनि पर्दैन ।
    भीमबहादुरले निर्माण व्यवसायी समितिको अध्यक्ष भएर पनि सेवा गरेका छन् । उनले आफ्नो कार्यकालमा ठेकदार र घरधनी बिच भएका असमानजस्यता र विवादलाई सहज ढङ्गले मिलाउने गरे । अहिले उनी समितिका सल्लाहकार छन् । समितिले चाउथेमा आफ्नै भवन बनाउँदै छ । कान्छा ठेकदार पनि यो भवन बनाउन दिलो ज्यान दिएर लागिपरेका छन् । आफूले पनि दिल खोलेर सहयोग गरेका छन् र अरूबाट पनि सहयोग रकम जुटाउँदैछन् ।
    सामाजिक सेवामा पनि रुचि राख्ने कान्छा ठेकदार नेपाल खड्गी सेवा समितिका संस्थापक कोषाध्यक्ष पनि हुन् । उनले समितिको नेतृत्व गर्ने पनि अवसर पाए । उनको कार्यकालमा समाजघर पनि बनेको छ पोखराको सिमपानीमा । उनी पोखराको कन्या स्कुल सञ्चालक समितिका सदस्य पनि थिए भने भैरव सांस्कृतिक संरक्षण समिति, नेवा खलः कास्कीका सल्लाहकार पनि हुन् । ७९ वर्षको हुँदा पनि उनी निरोगी छन् । अनुहार उज्यालो छ । मान्छे रसिला छन् । हृष्टपुष्ट छन् । औषधीको सेवन गर्दैनन् । हालै पोखरामा प्रदर्शन गरिएको बाघजात्रामा उनी प्रधानमन्त्री प्रचण्डको क्यारिकेचर गरेर उत्रेका थिए ।
         वि.सं. २०२२ सालमा गुहेश्वरीसँग वैवाहिक सम्बन्ध गाँसेका कान्छा ठेकदारमा ४ सुपुत्र र एक सुपुत्री छन् । उनले पोखरामा थुप्रै घरघरका अलवा शैक्षिक केन्द्र घर निर्माण गरेका छन् । उनले अमृतप्रसाद शेरचन सँग मिल्ने पृथ्वीनारायण क्याम्पसको विज्ञान भवन पनि बनाए । उनले सामाजिक सेवाको योगदान स्वरूप निर्माण व्यवसायी समिति, नेपाल खड्गी सेवा समिति लगायत थुप्रै सङ्घ संस्थाले उनलाई सम्मानपत्र, कदरपत्र पनि दिएका छन् । उनले अस्ट्रेलिया, भारत आदि मुलुकको पनि भ्रमण गरेका छन् ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एमालेले आजलाई गुण्डुमा सचिवालय बैठक डाके
    नयाँको भ्रम र एजेन्डाको वास्तविकता: नेपाली राजनीतिको एउटा निर्मम समीक्षा
    नेपालमा फासिवादी प्रवृत्तिको संकेत? राष्ट्रवाद र नेताकेन्द्रित राजनीतिमाथि बहस
    ताजा अपडेट
    • एमालेले आजलाई गुण्डुमा सचिवालय बैठक डाके
    • नयाँको भ्रम र एजेन्डाको वास्तविकता: नेपाली राजनीतिको एउटा निर्मम समीक्षा
    • नेपालमा फासिवादी प्रवृत्तिको संकेत? राष्ट्रवाद र नेताकेन्द्रित राजनीतिमाथि बहस
    • आज २०८२ फागुन ३० गते शनिबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • नेपालमा गरिबीको अवस्था: प्रदेशगत विश्लेषण र समाधान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.